ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-कर्णाली
जनशक्ति अभावले नगरको सेवा प्रभावित
NA
वीरेन्द्रनगर (अस) । जनशक्ति अभावका कारण सुर्खेतको लेकवेशी नगरपालिकाको सेवा प्रवाहमा समस्या छ । नगरपालिकामा दरबन्दी अनुसारका प्राविधिक कर्मचारी छैनन् । पालिकामा कृषि प्राविधिकको संख्या न्यून हुँदा सेवा प्रभावित भएको हो । १० ओटा वडा रहेको नगरपालिकाको कृषि शाखामा चार कर्मचारी मात्र कार्यरत छन् । दुई...

हुम्लामा हेलिकप्टरबाट इन्धन ढुवानी
NA
असोज १५, सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग नजोडिँदा यहाँका व्यवसायीहरुले हेलिकप्टरमार्फत महँगो भाडा तिरेर ढुवानी गरिरहेका छन् । पैदल मार्गबाट खच्चडमा नआउने र सिमकोट बजारमा नपाइने भएपछि यहाँका व्यवसायीहरुले महँगोमा हेलिकप्टरमार्फत इन्धन ढुवानी गर्न बाध्य भएका हुन् । ...

साल्ट ट्रेडिङले चिनी उपलब्ध गराउन नसक्दा उपभोक्ता मर्कामा
NA
असोज १५, सुर्खेत । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले समयमै चिनी ढुवानी नगर्दा उपभोक्ता मर्कामा परेका छन् ।  साल्ट ट्रेडिङले चिनी उपलब्ध गराउन नसकेपछि प्रदेश राजधानी वीरेन्द्रनगरका उपभोक्ता महँगोमा चिनी किन्न बाध्य छन् ।  सरकारी स्वामित्वको यस कार्यालयले चिनी प्रतिकेजी रू. ७९ मा उपभोक...

हिउँदेबाली भित्र्याउने चटारोमा उपल्लो डोल्पाका किसान
NA
असोज १३, डोल्पा । उपल्लो डोल्पाका किसानले बल्ल हिउँदेबाली भित्र्याउन थालेका छन् ।  उपल्लो डोल्पास्थित डोल्पाबुद्ध, छार्काताङसोङ र शेफोक्सुन्डो गाउँपालिकाका किसानले बल्ल हिउँदेबाली भित्र्याउन थालेका हुन् ।  उच्च हिमाली भेगका साथै अत्यधिक चिसो कारण ढिला अन्न पाक्ने भएकाले हिउँदमा लगाएक...

जाजरकोट जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट
NA
जाजरकोट । जाजरकोटबाट अक्सिजन भर्नकै लागि नेपालगञ्ज जानुपर्ने बाध्यता अब हटेको छ । स्वास्थ्य सेवा कार्यालयले ७५ लाखको अक्सिजन प्लान्ट खरीद गरेपछि जिल्ला अस्पतालमा अक्सिजनको समस्या समाधान भएको हो । नेपालगञ्जबाट अक्सिजन भरेर जिल्ला अस्पतालले सेवा प्रदान गरिँदै आएको अस्पलात विकास समितिका अध्यक्ष धर्मशिल...

कर्णाली प्रदेश सभामा गैरसरकारी विधेयक 
NA
असोज १२, वीरेन्द्रनगर । कर्णाली प्रदेशसभामा गैरसरकारी विधेयकले प्रवेश पाएको छ । प्रदेशसभा सदस्य नरेश भण्डारीले ‘सिंजा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८’ आइतवार प्रदेशसभा सचिवालयमा दर्ता गरेका हुन् ।  कर्णाली प्रदेशसभामा दर्ता भएको यो नै पहिलो गैरसरकारी विधेयक हो । कर्णाली सरका...

दुर्गममा खाद्यान्न ढुवानी : दशैँ अगावै चामल पठाउने तयारी
NA
असोज १२, सुर्खेत । चाडपर्व नजिकिएसँगै पहाडी तथा हिमाली जिल्लाहरुमा खाद्यान्नको माग बढ्दै गइरहेको छ । हिमाली जिल्लाहरुमा मानसरोवार जाने पर्यटक आउनुका साथै चाडपर्व नजिकिएकाले आम नागरिकले खाद्यान्न मौज्दात गर्न थालेपछि चामलको माग बढ्दै गएको हो ।  माथिल्लो डोल्पा बाहेक कर्णालीका सबै खाद्य डिप...

कर्णाली प्रदेश अस्पतालमा कर्मचारी अभाव
NA
सुर्खेत (अस) । कर्णाली प्रदेश अस्पतालमा दरबन्दीभन्दा कर्मचारी कार्यरत रहेका छन् । ३ सय २५ जनाको दरबन्दी भएको अस्पतालमा करारसमेत १ सय ८८ जना कर्मचारी कार्यरत रहेका हुन् । हरेक वर्ष नयाँ विशेषज्ञ सेवा थप गर्दै आएको प्रदेश अस्पतालले मागबमोजिम डाक्टर र कर्मचारी अझै पाउन सकेको छैन । ‘डाक्टरको संख्य...

३ करोड लागतमा बीउ उद्योग स्थापना
NA
सुर्खेत (अस) । कर्णाली प्रदेशमै पहिलोपटक निजीक्षेत्रबाट बीउ उद्योग स्थापना गरिएको छ । शीतल एग्रो बिजनेश प्रालिले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा बीउ बिजन उद्योग स्थापना गरेको हो । करीब ३ करोड लागत रहने उद्योगका लागि मुक्तिनाथ विकास बैंकले ४ प्रतिशत ब...

जुम्लामा ४१ हजार नागरिकलाई कोरोनाविरुद्धको खोप दिइँदै
NA
असोज ९, जुम्ला । जुम्लामा १८ वर्षमाथिका ४१ हजार नागरिकलाई कोरोनाविरुद्धको खोप दिन लागिएको छ । शनिवारदेखि यहाँका १८ वर्षमाथिका ४१ हजार ६७६ जनालाई खोप लगाउने लक्ष्य रहेको बताइएको छ । जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्ण सापकोटाले जिल्लाको कुल जसंख्याको ३३ प्रतिशतलाई खोप लगाउने सरकारी...