कर्णाली कोरिडोरको निर्माण कार्य तीव्र
चैत २४, हुम्ला । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको कर्णाली कोरिडोर निर्माण तीव्ररूपमा भइरहेको छ । केही महीनादेखि ब्लाष्टिङ सामग्रीको अभाव भएका कारण सडक निर्माणको ट्र्याक खोल्ने कार्य प्रभावित भएको थियो ।
चैतको पहिलो हप्ता नेपाली सेनाको सहयोगमा ब्लाष्टिङ सामग्री सिमिकोट ल्याइसकेपछि धेरै महीन...
रारा तालमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै
चैत २२, जुम्ला । कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको राराताल मुलुुककै पर्यटनको आकर्षण मानिने ताल हो । यस याममा स्वदेशी तथा विदेशी पर्यटक घुम्ने थलोमध्ये राराताल एक हो ।
नयाँ वर्षको अवसर पारेर देशकै प्रमुख पर्यटकीय गन्तव्य रारातालमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल निकै बढेको छ ।
नयाँ व...
टावर मर्मत नहुँदा दुई हप्तादेखि सञ्चार सेवा अवरुद्ध
चैत १८, जाजरकोट । दुई हप्ताअघि चट्याङले क्षति भएको टावर मर्मत नहुँदा मुड्केचुला गाउँपालिका डोल्पाका स्थानीयवासी सञ्चार सेवाबाट वन्चित भएका छन् ।
जाजरकोटसँग सिमाना जोडिएको मुड्केचुला गाउँपालिका–५, अदलेखमा रहेको नमस्ते मोबाइल टावर चट्याङले ध्वस्त पारेको हो । टावर मर्मत...
राष्ट्रिय परिचयपत्र विवरण दर्ता शुरू
डोटी । डोटीमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान शुरू भएको छ । गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा यहाँका ९ ओटै स्थानीय तहका सबै नागरिकलाई सेवा दिन शुरू गरिएको हो । पहिलो पटक दिपायल सिलगढी नगरपालिकाबाट शुरू गरिएको अभियान अहिले बोगटान फुड्सिल गाउँपालिकाका सबै वडाहरूमा शुरू भएको छ...
तुवाँलोका कारण हुम्लामा हवाई सेवा दुई दिनदेखि प्रभावित
चैत १७, हुम्ला । हुम्लाको मुख्य यातायातको साधनका रूपमा रहेको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको छ । जिल्लामा लागेको बाक्लो तुवाँलोका कारण सिमकोट विमानस्थलको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको हो ।
आइतवार बिहानदेखि देखिएको धुवाँजस्तो देखिने तुवाँलोका कारण दुई दिनदेखि नेपालगञ्ज तथा सुर्खेतब...
हुम्लाका चार गाउँपालिका सडक सञ्जालमा
हुम्ला । राष्ट्रिय गौरवको आयोजना कर्णाली कोरिडोरले हुम्लाका चार गाउँपालिकालाई जोडेको छ । यसअघि कोरिडोरले जिल्लाको तल्लो क्षेत्रका अदानचुली र ताँजाकोट गाउँपालिकालाई सडक सञ्जालमा जोडिसकेको थियो ।
कालीकोटको खुलालुदेखि लैफु कवाडी हुँदै सलीसल्लाखण्डको १२३ किलोमिटर क्षेत्रमध्ये सबैभन्दा असजिलो र चट्टान...
चौकुने सिमेन्ट उद्योग सञ्चालनमा अन्योल
सुर्खेत । २०३५ सालमा खानी तथा भूगर्भ विभागले सुर्खेतको चौकुने सिमेन्ट खानी सम्भाव्यता अध्ययन गर्यो । चुनढुंगा र माटोको प्रारम्भिक परीक्षण गर्दा चौकुने क्षेत्र सिमेन्ट उद्योगका लागि उपयुक्त भएको निष्कर्ष आयो ।
सोही निष्कर्षअनुसार विभागले पुनः २०३६ देखि २०३९ सालसम्म विस्तृत अध्ययन गर्यो ।...
सल्यानमा मौरीपालन : मौरी घार बढे पनि मह उत्पादन घट्यो
सल्यान । सल्यानमा बर्सेनि मह उत्पादन घट्दै गएको छ । विगत वर्षको तुलनामा अहिले क्रमिक रूपमा मह उत्पादन घट्दै गएको कृषि विकास कार्यालय सल्यानले जानकारी दिएको हो ।
कम लगानीबाट पनि धेरै आम्दानी हुने भएपछि मौरीपालनतर्फ हौसिएका जिल्लाका किसानहरू बर्सेनि मह उत्पादन घटेपछि चिन्तित बन्न थालेका छन् ।
आर...
ठूलीभेरी नगरपालिकाद्वारा ‘एक घर, एक बगैँचा’ कार्यक्रम शुरु
चैत १५, जाजरकोट । कृषकको जीवनस्तरमा सुधार ल्याउनका लागि ठूलीभेरी नगरपालिका डोल्पाले ‘एक घर, एक बगैँचा’ कार्यक्रम शुरु गरेको छ ।
नगरपालिकाको आफ्नो बजेटबाट यी योजना सम्पन्न गर्न मुस्किल पर्ने भन्दै प्रदेश र संघीय सरकारसँगको सहकार्यलाई उच्च प्राथमिकता दिइएको प्रमुख प्रशासकीय अधिकृत लोकबह...
कर्णालीका सात जिल्लामा कोभिड अस्पताल बनाइने
सुर्खेत । कर्णाली प्रदेश सरकारले सात जिल्लामा कोभिड अस्पताल र सबै नगर तथा गाउँपालिकामा उपचार केन्द्र राख्ने निर्णय गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शनिवार बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले जुम्ला, सुर्खेत र रुकुमपश्चिमको चौरजहारीमा शøयासहि...