ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
समाचार
थप १४ उद्योगको लाइन काटियो

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत् उपयोग गरेबापतको बक्यौता रकम नतिर्ने थप १४ उद्योगको लाइन काटेको छ । शुक्रवार लाइन काटिएका ती उद्योगहरूले प्राधिकरणलाई ५ करोडदेखि ७८ करोड रुपैयाँसम्म महशुल बुझाउन बाँकी रहेको प्राधिकरणको भनाइ छ । पहिलो चरणमा १ अर्ब रुपैयाँ...

विस्तृतमा →

डेडिकेटेड–ट्रंक लाइन विवाद : प्रधानमन्त्री अलमल्याउने, प्राधिकरण लाइन काट्ने 

वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योगीहरूलाई डेडिकेटेड फिडर र ट्रंक लाइनको महशुल विवाद समाधानका लागि उच्चस्तरीय आयोग बनाउने आश्वासन दिइरहेका बेला नेपाल विद्युत् प्राधिकरण भने थप उद्योगको लाइन काट्ने तयारीमा थियो ।  प्राधिकरण शुक्रवार मध्यरातिसम्म उद्योगको लाइन काट्न सक्रि...

विस्तृतमा →

बालकुमारी घटना  : मृतक युवाका परिवारलाई १०/१० लाख दिने निर्णय

काठमाडौं। बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवकको परिवारलाई सरकारले १०/१० लाख राहत दिने निर्णय गरेको छ । शनिवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकका परिवारलाई राहतस्वरूप प्रतिपरिवार १० लाख रुपैयाँ दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । सर...

विस्तृतमा →

दु्रतमार्गका ४ हजारभन्दा बढी रूख कटान स्वीकृत

काठमाडौं। काठमाडौं–तराई दु्रतमार्ग (फास्ट ट्र्याक) आयोजनाको रेखांकनमा पर्ने थप रूखहरू कटानका लागि सरकारले स्वीकृति दिएको छ । पुस १२ गतेको मन्त्रिपरिषद्को बैठकले मकवानपुर र बारा जिल्लाको राष्ट्रिय वनका ४ हजार ३४५ ओटा रूख कटानका लागि स्वीकृति दिएको हो ।  आयोजनालाई उक्त वनको ४० दशमलव १९ ह...

विस्तृतमा →

परियोजना धितोमा लगानी बढाउन बैंकहरूलाई आग्रह

काठमाडौं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले बैंक तथा वित्तीय संस्थाहरूलाई परियोजना धितोमा पनि लगानी बढाउन आग्रह गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को वार्षिक साधारणसभामा उनले अहिलेसम्म घरजग्गा धितोमा धेरै ऋण प्रवाह हुने गरेको भन्दै अन्तरराष्ट्रिय अभ्यासब...

विस्तृतमा →

सबै समुदायबीच भाइचारा बढाउँदै उधौली साकेला

टक्सार (भोजपुर) ।  किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ पर्वअन्तर्गत भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा आज साकेला सिलीसहित शुभकामना आदानप्रदान गरिएको छ । गत मङ्गलबारदेखि शुरू भएको यस चाडमा किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि एक महिना...

विस्तृतमा →

पुरानै लयमा फर्कँदै पर्यटन, एक वर्षमा दश लाखभन्दा बढी भित्रिए पर्यटक

काठमाडौँ । सन् २०२३ मा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार आज बिहान ५ बजेसम्म १० लाख आठ हजार छ सय १४ पर्यटक भित्रिएका हुन् । योसँगै सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा सन् २०...

विस्तृतमा →

पार्टी कार्यालयमा अर्थमन्त्रीको ब्रिफिङ- 'अर्थतन्त्रको बाह्य क्षेत्रका परिसूचकहरु अनुकूल बन्दै गएका छन्'

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको विद्यमान आर्थिक अवस्था र भावी कार्यदिशाबारे नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकलाई जानकारी गराएका छन्। अर्थमन्त्री महतले पछिल्लो एक वर्षमा आर्थिक क्षेत्रमा भएका काम र भविष्यमा सम्पादन गरिने कामबारे आज पार्टीलाई...

विस्तृतमा →

गैरिटाँड–कमलबजार–बासकाँडा २३ किलोमिटर सडकको शिलान्यास: ६९ करोड ४३ लाख लागत लाग्ने

अछाम । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले कैलाली–चिसापानी–जङ्गलघाट–बडिमालिका–गैरिटाँड–कमलबजार–बास्काँडा सडकअन्तर्गत (गैरिटाँड–कमलबजार बासकाँडा खण्डको २३ किलोमिटर) सडक कालोपत्र आयोजनाको शिलान्यास गरेका छन् ।  डडेल्ध...

विस्तृतमा →

महिलाको हातमा रहेको सहकारीको भविष्य उज्जवल छ: अर्थमन्त्री डा. महत

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले महिलाको हातमा रहेको सहकारीको भविष्य उज्जल रहेको बताएका छन्। नुवाकोट पञ्चकन्या-४ स्थित थप्रेक पञ्चकन्या महिला साना किसान कृषि सहकारी संस्था लिको चौथो वार्षिक साधारणसभा लाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, महिलाहरु पुरुषको तुलनामा काममा बढी समर्पित हुन्छन्...

विस्तृतमा →