ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटक तान्दै बुलबुले

Sep 3, 2018  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

३ को दशकमा रेडियो नेपालमा एउटा गीत रेकर्ड भयो, ‘सुर्खेत बुलबुले तालमै सानी हुनाले छुट्यो माया जाल’ । लोक सङ्कलक प्रेमदेव गिरीको शब्द र कमला श्रेष्ठको स्वरमा रहेको यही गीतले बुलबुले ताललाई मात्र नभई सुर्खेतलाई नै चर्चित बनायो । त्यतिबेला अहिलेजस्तो यातायात र घुम्ने संस्कारको विकास भइसकेको थिएन । त्यसैले, सुर्खेत र बुलबुले तालबारे कमैलाई थाहा थियो । यो गीत रेडियो नेपालबाट बारम्बार गुन्जिरहने हुँदा अधिकांशको जनजिब्रोमा बस्न सफल भयो– सुर्खेत अनि, बुलबुले ताल ।

गीत–सङ्गीतका माध्यमले बुलबुलेको प्रवद्र्धन हुन थालेको ४० वर्ष बिते पनि यसको भौतिक विकासले भने गति लिन सकेन । नारायणकुमार कोइराला उपत्यका नगर विकास समितिको अध्यक्ष भएपछि उनको योजनामा बुलबुले आकर्षक गन्तव्य बन्न थालेको छ । तालकोे मुहार फेरिएको अनुभव स्थानीयले गरेका छन् । ताल, पार्क (उद्यान) व्यवस्थापनको शुरुआत भएको छ भने ¥याफ्टिङ सञ्चालनमा ल्याइएसँगै आन्तरिक तथा बा≈य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । उपत्यका नगर विकास समितिले पहिलोपटक बृहत् बुलेबुले क्षेत्र विकास गुरुयोजना निर्माण गरेपछि अहिले यहाँको भौतिक संरचना विकासको बाटो खुलेको छ । समितिले ५ लाख खर्चेर गुरुयोजना निर्माण गरेको हो । ३० बिगाहा क्षेत्रफलमा फैलिएको बुलबुलेलाई कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बनाउने तयारी छ । समितिका अध्यक्ष कोइरालाले बुलबुलेलाई ताल र पार्कमै सीमित नराख्ने बताए । ‘प्रदेश सरकारले यो वर्षलाई कर्णाली रारा पर्यटन वर्षका रूपमा मनाइरहेको छ, बुलबुले ताल यहाँको प्रमुख गन्तव्य हो,’ कोइरालाले भने, ‘सरकारले पर्यटन वर्षकै अभियानअन्तर्गत गुरुयोजना बमोजिम यसको विकासमा पनि ध्यान दिनुपर्छ ।’

बुलबुलेको गुरुयोजनाअनुसारकै संरचना निर्माण गर्न करीब ३१ करोड बजेट खर्च हुनेछ । आर्किटेक्ट डिजाइन एशोसिएट प्रालिले बनाएको गुरुयोजनामा स्वीमिङ पुल, स्नान घर, बोटिङ, ताल वारपार गर्न पुल, पिकनिक स्थल, बाल उद्यान, बुलबुले प्लाजा, टिकट घर, मन्दिर, पार्किङ, पर्यटन सूचना केन्द्र र कार्यालय भवनको प्रस्ताव गरिएको छ । गुरुयोजनामा ताल क्षेत्रलाई विस्तार गर्ने उल्लेख छ । दक्षिणी क्षेत्रमा तालको क्षेत्र विस्तार गर्न सकिनेछ । हाल जथाभावी प्रयोग हुँदै आएको पिकनिकस्थललाई अब व्यवस्थित बनाइनेछ । पिकनिकका लागि आवश्यक सामग्री त्यहीँ किन्न सकिनेछ । बुलबुलेमा हाल खुला स्थानमै नुहाउने गरिन्छ । गुरुयोजनामा महिला–पुरुषका लागि बेग्लाबेग्लै स्नान घर बनाइनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)