ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जनप्रतिनिधिको सुविधा बढाउँदै प्रदेश–१ सरकार, प्रत्येक बैठकमा भत्ता दिने तयारी

Apr 20, 2019  
प्रदेश समाचार कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

वैशाख ७, विराटनगर । प्रदेश–१ सरकारले जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यको सुविधा बढाउने प्रक्रिया शुरु गरेको छ । शुक्रवार बसेको प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यको सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ संशोधनका लागि बनेको विधेयक प्रस्तुत गरेका हुन् ।

विधेयकमाथि सामान्य छलफल सकिएको छ । सांसदहरुलाई विधेयकमाथि संशोधन हाल्नका लागि ७२ घण्टाको समय दिइएको छ । यो विधेयक जस्ताको तस्तै पारित भए जनप्रतिनिधिले हरेक बैठकमा भत्ता लिन पाउने छन् । हालको ऐनमा १ महीनाको अवधिमा ३ पटकभन्दा बढी जति पटक कार्यपालिकाको बैठक गरिए पनि स्थानीय तहका जनप्रतिनिधिले बढीमा ३ पटकको मात्र भत्ता पाउने व्यवस्था छ ।

प्रदेश सरकारले १ वर्षअघि फाष्ट ट्र्याकबाट जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यहरुको सुविधा सम्बन्धी ऐन ल्याएको थियो । यसका लागि प्रदेशसभा नियमावलीको नियम ९६ देखि १०० निलम्बन गरिएको थियो । यो ऐनले जनप्रतिनिधिहरुलाई आर्थिक रुपमा मजबुद बनाउन नसकेको भन्दै प्रदेश सरकारले ऐन संशोधन गरी हालको सेवा सुविधालाई बढाउने प्रक्रिया अगाडि बढाएको हो ।

दुई साताअघि सम्पन्न प्रदेश मन्त्रिपरिषद्को बैठकले जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यको सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ लाई संशोधन गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)