ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सरकारले लागू गरेको सामाजिक सुरक्षा योजनाले चियामजदुरलाई छोएन

Apr 23, 2019  
प्रदेश समाचार कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
न्यूनतम पारिश्रमिक लागू गर्न चियामजदुरको मुख्यमन्त्रीलाई ज्ञापनपत्र वैशाख ९, विराटनगर । सरकारले तोकेको न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षा योजना लागू गर्न माग गर्दै संयुक्त ट्रेड युनियन प्रदेश नम्बर १ ले सोमवार प्रदेश नम्बर १ का मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । संयुक्त ट्रेड युनियनले चियाश्रमिकहरुले न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षा लागू गर्न माग गर्दे २२ दिनदेखि आन्दोलित हुँदा पनि सरकारले वेवास्ता गरेको भन्दै मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले चाँडोभन्दा चाँडो चिया बगानका श्रमिकहरुको न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षा योजना लागू गर्न प्रदेश सरकारसँग माग गरेका छन् । चियामजदुरले सरकार, रोजगारदाता एवं श्रमिकको त्रिपक्षीय सहमतिद्धारा २०७५ श्रावण १ गतेदेखि लागू हुने गरी योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र प्रचलित कानुन बमोजिम श्रमिकले पाउने संचयकोष र उपदान लगायतका सुविधा प्रदान गर्नु पर्ने भएपनि रोजगारदाता र सरकारले सो व्यवस्था नगरेका कारण आन्दोलित हुनु परेको गुनासो गरेका छन् । ‘वर्षौंदेखि काम गरियो, कानूनी राज भएको मुलुकमा सरकारले लागू गरेको भनिएको न्यूनतम पारिश्रमिक पनि लागू हुन सकेन’, चिया मजदुर विपिन श्रेष्ठले भने, ‘चिया कम्पनीहरुले सरकारलाई नै नटेरेको जस्तो देखियो यस तर्फ सरकारको ध्यान जाओस ।’ सरकारले लागू गरेको न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा कोष योजनाको कार्यान्वयन हालसम्म पनि नहुँदा सरकार मूकदर्शक भएर बसेको भन्दै आफूहरु २२ दिनदेखि भोकभोकै बस्नु परेको उनीहरुले गुनासो गरेका छन् । हरेक स्थितिमा काममा कुनै समस्या नगरेको हामी मजदुरलाई सरकारले तोकेको पारिश्रमिक पनि नदिएर चिया उद्योगले समग्र मजदुरहरुलाई धोका दिएको अर्का मजदुर धिरेन तामाङले बताए । चियामजदुरका मागमाथि ब्यवसायी र सरकार नै उदासिन बनेको उनीहरुको गुनासो छ । ज्ञापनपत्र बुझ्दै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूले चियामजदुरको समस्यालाई गम्भीरतापूर्वक लिएको बताउँदै संघीय सरकार र सम्बन्धित् मन्त्रीहरुसँग कुराकानी गरेर समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । ‘यो निकै नै गम्भिर विषय हो’, मुख्यमन्त्री राईले भने, ‘यसको समाधानका लागि म गम्भिरतापूर्वक लाग्नेछु ।’ यसभन्दा अगाडि उनीहरुले २ चरणमा आन्दोलन गरिसकेका छन् । आफना अधिकार सुनिश्चित गर्न अर्काको अधिकार अधिकार हनन् नगरीकन गरिएको आन्दोलनलाई वेवास्ता गरे सडक अबरुद्धदेखि नाकाबन्दीसम्मको आन्दोलनका कार्यक्रम गरिने नेपाल ट्रेड युनियन महासंघ ( जिफन्ट)का प्रदेश नम्वर १ का उपाध्यक्ष शन्तकुमार राईले चेतावनी दिए । चिया मजदुरहरुले तेस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तरगत् यही ११ गते यस क्षेत्रका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रम तय गरेका छन् । २०७५ साउन १ गतेदेखि लागू भएको न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा योजना अन्तरगत् चियामजदुरलागि न्यूनतम दैनिक रू.३८५ तोकिएको छ । प्रदेश नम्वर १ मा ५३ हजार भन्दा बढि चिया मजदुर रहेका छन् । यसक्षेत्रको इलाम, पाँचथर, झापा, धनकुटा लगायतका जिल्लामा चिया खेती हुँदै आएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)