ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

३२ करोडको लागतमा अन्तरराष्ट्रिय स्तरको बगैंचा (कस्तो बन्दैछ ? ग्राफिक्समा हेर्नुहोस्)

Apr 30, 2019  
प्रदेश समाचार कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

वैशाख १७, विराटनगर । नोबेल शिक्षण अस्पताल परिसरमा ठूलो लगानीमा अन्तरराष्ट्रिय स्तरको बगैंचा र पार्किङ बन्ने भएको छ । अस्पताललाई व्यवस्थित् , स्वच्छ एवं मनमोहक वातावरण बनाउन नोबेलले रू.३२ करोडको लागतमा बगैंचा र पार्किङ बनाउँन लागेको हो ।

अस्पतालहरुमध्ये नेपालमै पहिलो पटक अत्याधुनिक रुपमा बनाउँन लागिएको बगैंचा र पार्किङको काम आगामी बि.सं.२०७७ साउन सम्ममा पुरा हुने अस्पताल सञ्चालक डा.सुनिल शर्माको भनाई छ । ‘निर्माण कम्पनीसँग सम्झौता भइसकेको छ’, डा.शर्माले भने, ‘अवको १५ महीना भित्र अन्तरराष्ट्रिय स्तरको बगैंचा बनिसक्छ ।’ यसका लागि नमुना कन्ट्रक्सनसँग निर्माण सम्झौता भएको छ ।

टेक्नोक्र्याट कन्सल्टेन्ट प्रा.लि. र ड्रिम डेभलपर्स प्रा.लि.ले गार्डेन डिजाइन गरेका हुन् । आगामी साताबाटै काम शुरु गरिने निर्माण कम्पनीले जानकारी दिएको छ । अस्पताल भवन अगाडीको करीव ५ बिघा क्षेत्रफलमा बन्ने बगैंचा मनमोहक हुने छ । बगैंचामा बच्चाहरुका लागि बाल उद्यान, बिरामी र कुरुवाका लागि क्यान्टिन, मन्दिर, पानीको फोहोरा, बोटबिरुवा र बस्नका लागि आरामदायी कुर्सीहरु राखिने छ ।

त्यस्तै सामाग्री खरीदका लागि सुपरमार्केट,सैलुन, फार्मेसी, प्याराफिटसहितको स्टेज लगायत रहने छ । त्यस्तै व्यवस्थित् पार्किङ पनि बनाईने इञ्जिनीयर ढकेन्द्र बमले बताए । व्यवस्थित् रुपमा बन्ने बगैंचाको मनमोहक वातावरणका कारण बिरामी र कुरुवाको अस्पताल बसाई आरामदायी हुने विश्वास लिएको अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्माको भनाई छ ।

‘बिरामी र कुरुवाले अस्पताल परिसरमा घुम्दा स्तरीय पार्कको आभाष गर्ने छन्,’ उनले भनिन् । गुणस्तरीय उपचार र स्तरीय चिकित्सा शिक्षालाई प्रबर्द्धन गर्न सोहि अनुरुपको स्तरीयता बृद्धि गर्न लागिएको नोबेल शिक्षण अस्पतालले जानकारी दिएको छ ।

हेर्नुहोस् ग्राफिक्स तस्वीरहरु :
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)