ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विराटनगर भन्सारको राजस्व असुलीमा ५%ले कमी

May 6, 2019  
प्रदेश समाचार कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

वैशाख २३, विराटनगर । विराटनगर भन्सार कार्यालयले चालू आवको चैत मसान्त सम्ममा ९४ प्रतिशत मात्र राजस्व अशुली गरेको छ । कार्यालयले चालू आवको चैत मसान्त सम्मको रू.३० अर्ब ६२ करोड २९ लाख ८२ हजार तोकिएको लक्ष्यमा ९४ दशमलव ३७ प्रतिशत अर्थात् रू.२८ अर्ब ८९ करोड ९३ हजार राजश्व संकलन गरेको हो ।

जुन गत वर्षको तुलनामा झण्डै ५ प्रतिशतले कमी हो । गत वर्ष सोही अवधिमा कार्यालयले लक्ष्यको ९९ दशमलव ३४ प्रतिशत अर्थात् रू.२२ अर्ब ३४ करोड ८५ लाख ७७ हजार राजस्व अशुली गरेको थियो । भन्सार कार्यालयलाई चालू आवको साउन महीनामा तोकिएको रू.२ अर्ब ९७ करोड ७२ लाख ३४ हजार राजस्व लक्ष्यमा लक्ष्य भन्दा बढी रू.२ अर्ब ९९ करोड ७५ लाख ३६ हजार राजस्व अशुली भएको थियो । गत वर्ष सोही अवधिमा लक्ष्यको ७८ दशमलव ०५ प्रतिशत मात्र अशुली भएको विराटनगर भन्सार कार्यालयका सुचना अधिकारी मणिराम पौडेलले जानकारी दिए ।

त्यसैगरी गत भदौ महीनाको कुल लक्ष्य रू.३ अर्ब ४० करोड २५ लाख ५४ हजार रहेकोमा लक्ष्य भन्दा कम अर्थात् रू.३ अर्ब ७ करोड ९० लाख संकलन भएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा कार्यालयले लक्ष्य भन्दा १५ दशमलव ५० प्रतिशत बढी राजस्व संकलन गरेको थियो । असोज महीनामा  तोकिएको रू.२ अर्ब ९७ करोड, ७२ लाख ३४ हजार लक्ष्य भन्दा ३३ दशमलव ५० प्रतिशत बढी अर्थात् ३ अर्ब ९७ करोड ६४ लाख, ५० हजार संकलन गरेको छ । जुन गत वर्षको तुलनामा ५७ दशमलव ४० प्रतिशतले बढी भएको सुचना अधिकारी पौडेलले जानकारी दिए । त्यसैगरी, कात्तिक महीनामा तोकिएको राजस्व लक्ष्यको ९२ दशमलव ८२ प्रतिशत मात्र राजस्व अशुली भएको छ । सो महीनाको लक्ष्य रू.३ अर्ब ४० करोड २५ लाख ५४ हजार रहेकोमा रू.३ अर्ब १५ करोड ८२ लाख ७० हजार राजस्व अशुली गरेको हो । गत वर्ष सोही महीनामा तोकिएको लक्ष्य भन्दा आठ प्रतिशत बढी राजस्व संकलन भएको थियो ।

चालु आर्थिक वर्षकै मंसिर महीनामा पनि लक्ष्य भन्दा सात प्रतिशत राजस्व अशुली कम भएको छ । गत आर्थिक वर्षको सोही महीनामा लक्ष्यको १०० दशमलव ४३ प्रतिशत राजस्व अशुली भएको थियो । विराटनगर भन्सार कार्यालयका सुचना अधिकारी पौडेलले चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा राजस्व अशुली सन्तोषजनक रहेको बताउँदै तोकिएको लक्ष्य अनुसार राजस्व संकलन हुने विश्वास व्यक्त गरे ।

उनले अझै झण्डै तिन महीना समय अवधि बाँकी रहेकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको पनि बताए । चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा चोरी निकासी पैठारीका ३७९ ओटा मुद्धा दर्ता भएका छन् । भन्सार गस्तिबाट १३ ओटा मुद्धा दर्ता भएकोमा ४ लाख ८ हजार मुल्य बरावरको अवैध सामान वरामद भएको छ । त्यस्तै सशस्त्र प्रहरी भन्सार राजस्व गस्ति टोलिद्वारा दर्ता गरिएको १३३ ओटा मुद्धामा रू. ९८ लाख ३८ हजार र सशस्त्र प्रहरी वलद्धारा दर्ता भएका २३३ ओटा मुद्धामा रू.१ करोड १३ लाख ८१ हजार मुल्य वरावरका सामान वरामद भएको विराटनगर भन्सार कार्यालयले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)