ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बन्द आह्वानले विराटनगर तनावग्रस्त, यातायात र बजार ठप्प

May 6, 2019  
प्रदेश समाचार कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

वैशाख २३, विराटनगर । प्रदेश–१ को प्रस्तावित स्थायी राजधानी विराटनगर सोमवार तनावग्रस्त बनेको छ । राजधानीका सम्पूर्ण संरचना विराटनगरमै राखेर स्थायी राजधानी घोषणा गर्न माग गर्दै स्थानीय प्रदर्शनमा उत्रिएका हुन् । विराटनगर महानगरपालिकाको सभाहलमा आइतवार राति १० बजेसम्म भएको सर्वपक्षीय छलफलले दबाब समिति गठन गरेर स्थायी राजधानीका लागि दबाब दिने निर्णय गरेको थियो ।

उक्त निर्णयसँगै सोमवार विराटनगर बन्दको आह्वान गरी बिहानैदेखि प्रर्दशन शुरु भएको हो । प्रर्दशनमा विभिन्न राजनीतिक दल आबद्ध नेता तथा कार्यकर्ता सहभागी छन् । नगरक्षेत्रका विभिन्न चोकहरुमा प्रर्दशनकारीले प्रर्दशन गरिरहेका छन् भने बजार बन्द गराई चोकचोकमा टायर बालेर कोशी राजमार्गमा यातायात आवागमन ठप्प पारिएको छ । बन्दको आह्वानपछि नगर क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रर्दशनकारीहरुले कोशीराजमार्गमा पर्ने महाविरचोक, भट्ठी मोड, बरगाछी र कञ्चनबाडी लगायतका क्षेत्रमा सडकमै धर्ना दिदै आवागमनमा अवरोध गरिरहेका छन् । सर्वपक्षीय दबाब समितिले बन्द आह्वान गरेपछि नगरक्षेत्रमा रहेका कलकारखाना, शैक्षिक संस्था र व्यापारिक प्रतिष्ठान समेत बन्द भएका छन् ।

प्रर्दशनका सहभागिले विराटनगरलाई स्थायी राजधानी बनाउन मागगर्दै नाराबाजी समेत गरिरहेका छन् । प्रदेश नं. १ को स्थायी राजधानी निर्धारण गर्ने क्रममा विराटनगरलाई झुक्याउन खोजिएको सरोकारवालाहरुको आरोप छ । सर्वपक्षीय बैठकले प्रदेश–१ को राजधानी तय गर्न प्रदेश सभामा दर्ता गरिएको प्रस्तावमा विराटनगरलाई झुक्याउन खोजिएको निष्कर्ष निकालेको छ । राजधानीका बिषयमा दर्ता गरिएको प्रस्तावमा विराटनगरलाई प्रदेशको राजधानी बनाउने भनेपनि व्यवस्थापिका र कार्यपालिका अन्यत्र लान खोजेको भन्दै उनीहरुले असन्तुष्टि जनाएका छन् । बैठकमा सहभागी राजनितिक दलका नेताहरुले राजधानीका महत्वपूर्ण संरचनाहरु अन्यत्र लाने बिषय मान्य नहुने बताएका छन् ।

दबाबमुलक कार्यक्रम गर्न अर्थविद डा. भेषप्र्रसाद धमलाको संयोजकत्वमा दबाबमूलक समिति समेत गठन गरिएको छ । धमला संयोजक रहेको समितिमा विभिन्न राजनीतिक दलका केन्द्रीय र जिल्ला तहमा रहेका नेताहरु सहसंयोजक रहेका छन् । यस्तै उद्योग संगठन, मोरङ व्यापार संघ, प्याब्सन, ट्रक व्यवसायी संघसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरु दबाबमूलक समितिका सदस्य छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)