ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश नं. १ को राजधानी विराटनगर

May 7, 2019  
प्रदेश समाचार कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
विराटनगर  । प्रदेश १ को स्थायी राजधानी विराटनगर हुने भएको छ । प्रदेश १ को प्रदेशसभामा सोमवार भएको मतदानपछि विराटनगर राजधानी हुने टुंगो लागेको हो । नेकपाको तर्पmबाट प्रमुख सचेतक बुद्धिकुमार भण्डारीले राखेको प्रस्तावमा दुई तिहाइ मत विराटनगरको पक्षमा खसेको थियो । जम्मा ९३ मध्ये ८६ मत विराटनगरलाई राजधानी बनाउने पक्षमा थियो भने विपक्षमा शून्य मत परेको थियो । प्रदेशको नाम भने टुंगो लागेको छैन । पारित प्रस्तावअनुसार प्रदेश सरकारका कार्यालयहरू भने विराट बृहत् क्षेत्रअन्तर्गतको विराटनगर, इटहरी र सुन्दर हरैंचामा रहनेछन् । विराटनगर र धनकुटालाई सदरमुकाम तोक्न प्रदेशसभामा चार ओटा प्रस्ताव दर्ता भएका थिए । नेकपाले विराटनगर स्थायी राजधानी र कार्यपालिका व्यवस्थापिका लगायत अन्य संरचना बृहत् विराट क्षेत्रअन्तर्गत विराटनगर, इटहरी र सुन्दरहैंचा क्षेत्र आसपासमा रहनेछ भन्ने प्रस्ताव दर्ता गरेको थियो । नेकपाको तर्पmबाट प्रमुख सचेतक राजभण्डारीले दर्ता गराएको प्रस्तावमा समर्थक लिलम बस्नेत, राजकुमार ओझा, यशोदा अधिकारी र विजयकुमार विश्वास थिए । अन्य तीन प्रस्ताव सोमबार बसेको प्रदेशसभा बैठकमा फिर्ता भएका थिए । यसअघि विराटनगरमा आन्दोलनरत पक्ष र प्रदेश सरकारबीच सोमबार विराटनगरस्थित एक होटलमा भएको वार्तामा कार्यपालिका, व्यवस्थापिका लगायतका सम्पूर्ण संरचनाहरूसहित प्रदेश नं. १ को स्थायी राजधानी विराटनगर राख्ने सहमति भएपछि स्थायी राजधानी विराटनगर बन्ने पक्का भएको थियो । सोमवार दिउँसो भएको सर्वपक्षीय वार्तामा मुख्यमन्त्री शेरधन राईले राजधानी विराटनगरमा नै रहने र कार्यपालिका र व्यवस्थापिकाको संरचना पनि विराटनगरभन्दा बाहिर नलैजाने प्रतिबद्धता जनाएसँगै आन्दोलन फिर्ता भएको छ । प्रदेश सरकारले छलकपटपूर्ण तरिकाले राजधानी अन्यत्र सार्ने षड्यन्त्र गरेको भन्दै विकेन्द्रीत नगरी विराटनगरलाई नै स्थायी राजधानी तोक्न माग गर्दै आइतबार विराटनगर महानगरपालिकाको अगुवाइमा भएको सर्वपक्षीय बैठकले आन्दोलनमा जाने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सोमबार विहानैदेखि बन्द हड्ताल सहित ठाउँ ठाउँमा प्रदर्शन गरिएको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)