ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्थानीयबासीले अवरोध गर्दा विद्युत प्रशारण लाईन विस्तार अबरुद्ध

May 13, 2019  
प्रदेश समाचार कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

वैशाख ३०, विराटनगर । मोरङको ग्रामथानस्थित् गिदनीय टोलमा स्थानीयबासीको विरोधका कारण दुहबी–कटहरी खण्डको ३३ केभी प्रसारणको हाइटेन्सन लाईनको विस्तार कार्य अबरुद्ध भएको छ । स्थानीयले सुरक्षा लगायतका कारण देखाउँदै प्रशारण लाईनको विस्तार कार्य रोकेका हुन् ।

उक्त प्रसारण लाईन विस्तारमा अवरोध सिर्जना हुँदा कटहरी– रंगेली कोरिडोरका उद्योगले भोग्दै आएको विद्युत आपूर्तिको समस्या तत्काललाई यथावत रहने भएको छ । उक्त औद्योगिक कोरिडरमा हाल आपूर्ति भईरहेको विद्युत पर्याप्त नभएपछि कटहरीमै सबस्टेशन निर्माण गरी दुहबी सबस्टेशनबाट ३३ केभी प्रसारणको हाइटेन्सन लाईनमार्फत् विद्युत आपूर्ति गर्न लागिएको छ ।

त्यसका लागि कटहरीमा विश्व बैंकको सहयोगमा सबस्टेशन निर्माण समेत भइसकेको छ । दुहबी र कटहरी क्षेत्रको २६ किलोमिटर क्षेत्रमा सबै टावरहरुसमेत निर्माण गरी गिदनीयस्थित् दुई किलोमिटर क्षेत्र बाहेक सबै ठाउँमा लाईन बिस्तार गर्ने काम समेत भइसकेको छ । अहिले कटहरी क्षेत्रमा टंकीसिनवरी र विराटनगरको रानी सबस्टेशनबाट ११ केभी प्रसारण लाईनबाट बिद्युत आपूर्ति गरिँदै आएको छ ।

उक्त क्षेत्रमा साना ठूला गरी १००को संख्यामा उद्योगहरु रहेका छन् । उद्योग तथा घरेलु प्रयोगकर्ताबाट बिद्युतको माग बढ्न थालेपछि उक्त क्षेत्रमा बिद्युतको ओभरलोड भइरहेको प्राधिकरणको क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख सचिदानन्दन यादबले बताए ।

  ‘दुहबी– कटहरीको ३३ केभी प्रसारण लाईन सञ्चालनमा आउना साथ कटहरी– रंगेली कोरिडोरमा देखिएको बिद्युत आपूर्तिको समस्या हल हुन्छ’, उनले भने, ‘उद्योगीको माग सम्बोधन गर्न नै प्राधिकरणले प्रसारणलाईन विस्तार गर्न लागेको हो । ’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)