ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीरेन्द्रनगरमा सिटी बसपार्क तयार

May 14, 2019  
प्रदेश समाचार कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल
वीरेन्द्रनगर । वीरेन्द्रनगर नगरपालिकामा सिटी बसपार्कको निर्माण सम्पन्न भएको छ । नगर गौरवको आयोजनाका रूपमा सञ्चालित बसपार्कको निर्माण ३ वर्षमा पूरा भएको हो । निर्माण पूरा भए पनि ठेकेदारलाई अन्तिम किस्ता रकम भुक्तानी गर्न बाँकी रहेको वीरेन्द्रनगर नगरपालिकाको प्राविधिक शाखाले बताएको छ । निर्माण कम्पनी चाङ्मिला/नरसिंह जेभी दार्चुलाले केही दिनभित्रै नगरपालिकालाई आयोजना हस्तान्तरणको तयारी गरेको छ । यसअघि ठेकेदारको ढिलासुस्तीले सुस्त रहेको यो आयोजना छिटो सक्न नगरपालिकाले विशेष पहल गरेको थियो । बसपार्क चाँडै सम्पन्न गर्न ठेकेदारलाई पटक–पटक चेतावनीसमेत दिनुपरेको नगर प्रमुख देवकुमार सुवेदीले बताए । ‘प्रदेश राजधानीमै व्यवस्थित बसपार्क नहुँदा समस्या थियो, खबरदारी नभएको भए ठेकेदारले अलपत्रै छाड्ने स्थिति थियो,’ उनले भने, ‘बसपार्क निर्माण भएसँगै अब नगरको मंगलगढी चोकलाई विस्तार र व्यवस्थित गरिनेछ ।’ मुख्यबजार प्रवेश गर्ने स्थानमै बसपार्क सञ्चालनमा ल्याइँदा नगर क्षेत्रको सुन्दरता बिगे्रको भन्दै आलोचना हुने गरेको थियो । निर्माण कम्पनी चाङ्मिला/नरसिंह जेभी र नगर विकास समितिबीच २०७२ माघमा बसपार्क निर्माणको सम्झौता भएको थियो । १५ महीनाभित्र सम्पन्न गर्ने सम्झौता भए पनि पटक पटक सम्झौता थपेर काम गराउनुपरेको थियो । रू. ६ करोड ८३ लाखमा निर्मित बसपार्कमा ६४ ओटा व्यापारिक सटर, दुई पक्की शौचालय, पर्खाल, गार्ड बस्ने घर, टर्मिनल भवन, टिकट काउन्टर लगायत संरचना छन् । करीब ४ हजार ५ सय वर्गमिटर क्षेत्रफलमा रहेको बसपार्कमा साना–ठूला गरी १२० ओटा बस अट्न सक्ने क्षमता छ । नगर विकास कोषको ऋण सहयोगमा बसपार्क निर्माण गरिएको हो । सुविधासम्पन्न बसपार्क नहुँदा सुर्खेतबाट सञ्चालित बस, यातायात कर्मचारी, यात्रु लगायतले सास्ती खेप्नुपरेको थियो । ‘बसपार्कलाई संवेदनशील क्षेत्र मानिन्छ । व्यवस्थित बसपार्क शहरका लागि नभै नहुने पूर्वाधार पनि हो,’ काँक्रेविहार यातायात व्यवसायी समितिका निवर्तमान सचिव रमेश सापकोटाले भने, ‘अत्याधुनिक सेवा सुविधासहितको बसपार्क सञ्चालनमा आउनु व्यवसायीका लागि मात्र नभई सिंगो नगरकै लागि गौरवको विषय हो ।’
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)