ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश–१ को वृहत्तर विकासका लागि डेढ खर्ब लगानीको तयारी, स्थानीय तह योजना छनोटमा जुटे

May 18, 2019  
प्रदेश समाचार कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

जेठ ४, विराटनगर । प्रदेश–१ अन्तर्गतका मुख्य शहरको वृहत्तर विकासको लागि एशियाली विकास बैंकले डेढ खर्ब रुपैयाँ लगानी गर्ने भएको छ । आगामी तीन वर्ष भित्रै आयोजना शुरु गर्ने गरी बैंकले लगानी गर्न लागेको हो ।

बैंकले लगानी गर्ने सुनिश्चितता देखाएपछि भौतिक पूर्वाधार मन्त्रालयले हालै काठमाडौंमा सरोकारवाला स्थानीय निकायका प्रमुखहरुसँग छलफल चलाएको छ । प्रदेश नम्बर १ मा यति ठूलो रकम एकै पटक एशियाली विकास बैंकले लगानी गर्न लागेपछि स्थानीय तह हौसिएको छ । विकासका लागि लगानी आउने भएपछि यस क्षेत्रका स्थानीय तह योजना छनौटमा लागेका छन् । छलफलमा सहभागी विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विराटनगर, सुनसरीको दुहवी, इटहरी, इनरुवा, धरान र झापाको दमक शहरको स्तरवृद्धिको लागि यति ठूलो रकम लगानी हुन लागेको बताए ।

भौतिक पूर्वाधार मन्त्रालयका सचिव डा। रमेशप्रसाद सिंहले आगामी डेढ वर्ष भित्रै योजना छनौट गरी सरोकारवाला नगरपालिकासँग सहकार्य गरेर डीपीआर तयार गर्ने जानकारी दिएको मेयर पराजुलीले बताए । यसको लागि विभिन्न चरणमा नगरपालिकाका प्रमुखहरुसँग घनिभूत छलफल चलिरहेको पनि उनले जानकारी दिए । यो महत्वाकांक्षी आयोजना सञ्चालनमा आएपछि विराटनगरको मुहार फेरिने पराजुलीले दाबी गरे ।

यो बजेटबाट सम्बोधन हुने गरी विराटनगरको विकासको लागि प्राथमिकतामा परेको विराट राजाको दरवारको संरक्षण, रिडरोडको निर्माण, विराटनगर विमानस्थलको स्तरोन्नती, कोशी अस्पतालको स्तरोन्नती, डंग्राहामा फोहर प्रशोधन केन्द्रको निर्माण, नहरको सडकलाई वाइपास सडक निर्माणको प्रस्ताव पेश गरिएको उनले बताए । छलफलका क्रममा बैंकले कुल लगानीको ७० प्रतिशत व्यहोर्ने र बाँकी रकम प्रदेश र स्थानीय सरकारले व्यहोर्ने प्रस्ताव गरेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)