ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश १ को बृहत्तर विकासका लागि डेढ खर्ब लगानीको तयारी

May 20, 2019  
प्रदेश समाचार कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
विराटनगर । प्रदेश नं १ अन्तर्गत मुख्य शहरको बृहत्तर विकासका लागि एशियाली विकास बैंकले डेढ खर्ब रुपैयाँ लगानी गर्ने भएको छ । आगामी ३ वर्षभित्रै आयोजना शुरू गर्नेगरी बैंकले उक्त लगानी गर्न लागेको हो । बैंकले लगानी गर्ने सुनिश्चितता देखाएपछि भौतिक पूर्वाधार मन्त्रालयले हालै काठमाडौंमा सरोकारवाला स्थानीय निकायका प्रमुखहरूसँग छलफल गरेको छ । प्रदेश नं १ मा यति ठूलो रकम एकैपटक एशियाली विकास बैंकले लगानी गर्न लागेपछि स्थानीयमा उत्साह थपिएको छ । विकासका लागि लगानी आउने भएपछि यस क्षेत्रका स्थानीय तह योजना छनोटमा लागिपरेका छन् । छलफलमा सहभागी विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगर, सुनसरीको दुहवी, इटहरी, इनरुवा, धरान र झापाको दमकको स्तरवृद्धिका लागि उक्त रकम लगानी हुन लागेको बताए । भौतिक पूर्वाधार मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले आगामी डेढ वर्षभित्रै योजना छनोट गरी सरोकारवाला नगरपालिकासँगको सहकार्यमा डीपीआर तयार पारिने जानकारी दिएको मेयर पराजुलीले बताए । यसका लागि विभिन्न चरणमा नगरपालिकाका प्रमुखहरूसँग छलफल चलिरहेको उनले जानकारी दिए । उक्त महत्त्वाकांक्षी आयोजना सञ्चालनमा आएपछि विराटनगरको मुहार फेरिने दाबी पराजुलीले गरे । यो बजेटबाट सम्बोधन हुनेगरी विराटनगरको विकासका लागि प्राथमिकतामा परेको विराट राजाको दरबार संरक्षण, चक्रपथ निर्माण, विराटनगर विमानस्थलको स्तरोन्नति, कोशी अस्पतालको स्तरोन्नति, डंग्राहामा फोहोर प्रशोधन केन्द्रको निर्माण र नहरको सडकलाई बाइपास सडक निर्माण गर्ने प्रस्ताव पेश गरिएको उनले बताए । छलफलका क्रममा बैंकले कुल लगानीको ७० प्रतिशत र बाँकी रकम प्रदेश तथा स्थानीय सरकारले बेहोर्ने प्रस्ताव गरेको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)