ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश–१ को बजेट खर्च २३ प्रतिशत

May 24, 2019  
प्रदेश समाचार कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
विराटनगर । प्रदेश नम्बर १ सरकारले चालू आर्थिक वर्षको १० महीनामा कुल बजेटको २३ प्रतिशत मात्र खर्च गरेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार वैशाख मसान्तसम्म चालूतर्फ २१ प्रतिशत र पूँजीगततर्फ २३ प्रतिशत बजेट मात्र खर्च भएको छ । यद्यपि, आवको अन्त्यसम्ममा ६० प्रतिशत बजेट खर्च हुने मन्त्रालयको दाबी छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बजेट कम खर्च हुनुमा कर्मचारी अभाव र सार्वजनिक खरीद ऐन बाधक रहेको बताए । उनले सरकारी कार्यालयहरूको पुरानै मानसिकता र काम गर्ने शैलीका कारण प्रदेशको बजेट खर्च हुन नसकेको दाबी गरे । सार्वजनिक खरीद ऐन संशोधन भएर सरकारी कार्यालयको पुरानो मानसिकता हटे शतप्रतिशत बजेट खर्च हुने उनको भनाइ छ । विगतको गलत परम्परा सँगसँगै प्रदेशको संरचना नबन्नु, योजना छनोटमा ढिलाइ हुनु, कर्मचारी समायोजनको काममा ढिलाइ हुनु र कानूनी जटिलताले आशातित बजेट खर्च हुन नसकेको आङ्बोले बताए । चालू आवका लागि प्रदेश सरकारले ३५ अर्ब ९३ करोड ६० लाख बजेट विनियोजन गरेको थियो । चालूतर्फ १४ अर्ब ९२ करोड १८ लाख र पूँजीगततर्फ १८ अर्ब ५० करोड ९२ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)