ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

८ महीनामै रू. १३ करोड राजस्व

Jun 1, 2019  
प्रदेश समाचार कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

जेठ १८, भद्रपुर । १० महीनाअघि छोटी भन्सारबाट स्तरोन्नति भएको झापाको भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महीनामा रू. १३ करोड २१ लाख २७ हजार राजस्व संकलन गरेको छ ।

सरकारले गत साउन १ गतेदेखि छुट्टै भन्सार कार्यालयको मान्यता दिएपछि भद्रपुर भन्सार कार्यालयले असोज महीनादेखि मात्र संकलित राजस्व आफैं केन्द्रमा पठाउन थालेको हो । त्यसअघि मेची भन्सार कार्यालयमा राजस्व पठाउनुपथ्र्यो ।

भन्सार अधिकृत फणिन्द्र खतिवडाका अनुसार भद्रपुर भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७५/७६ को असोज महीनामा रू.२ करोड ६६ लाख ५६ हजार १८१, कात्तिकमा रू. २ करोड ६६ लाख ५६ हजार, मङ्सिरमा रू. १ करोड ७६ लाख ९९ हजार, पुसमा रू. १ करोड ४२ लाख ६६ हजार, माघमा रू.१ करोड २८ लाख ५ हजार, फागुनमा रू. १ करोड ३० लाख ४१ हजार, चैतमा रू. १ करोड ५३ लाख ८६ हजार र वैशाखमा रू. १ करोड ४८ लाख ७५ हजार राजस्व संकलन गरी राजस्व विभागमा पठाएको छ । उनले मेची नदीमा पक्की पुल बने पनि भारतीय सरकारले पुलको पूर्वी मुख जोड्ने ४०० मिटर सडक नबनाउँदा सामानको आयात र निर्यात दुवै कार्यमा असर परेको भन्दै यसबाट राजस्व संकलनमा समेत कमी आएको बताए ।

उनका अनुसार भारत सरकारले भर्खरै मेची पुललाई विहारसँग जोड्ने बाटोको डिपीआर शुरु गरेकाले निकट भविष्यमै यस भन्सारबाट हुने राजस्व संकलनमा वृद्धि आउने अपेक्षा गरिएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)