ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुर्खेतमा खानेपानी संकट : मुहानमै घट्यो आधा पानी

Jun 3, 2019  
प्रदेश समाचार कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक
सुर्खेत । खडेरीले मुहान सुक्न थालेपछि सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले वितरण गर्दै आएको पानी आपूर्तिमा ५० प्रतिशतले कमी आएको छ । यहाँका उपभोक्ताले हाल ९६ घण्टा अर्थात् ४ दिनमा एक पटक पानी पाउने गरेका छन् । संस्थाले वितरण गर्ने पानीको मुख्यस्रोत झुप्रा खोला मुहान सोलीघोप्टेमा पानी आधा घटेको छ । संस्थाका अध्यक्ष कुलमणि देवकोटाले विगतका वर्षभन्दा यो वर्ष मुहानबाटै कम पानी आपूर्ति भएको बताए । झुप्रा खोला मुहानबाट वर्षायाममा प्रतिसेकेन्ड ८६ लिटर पानी आपूर्ति हुन्थ्यो । हाल प्रतिसेकेन्ड ४० लिटर मात्रै आपूर्ति हुने गरेको छ । गतवर्ष यो समयमा प्रतिसेकेन्ड ४८ लिटरसम्म पानी आपूर्ति भएको थियो । ‘हामीले प्रत्येक वर्ष सुख्खायाममा रेकर्ड राख्ने गरेका छौं,’ देवकोटाले भने, ‘विगतका वर्षभन्दा यो वर्ष स्रोतबाटै पानी कम आएको छ ।’ आयोजना शुरू भएयताका १९ वर्षमा झुप्राको मुहान यो वर्ष धेरै सुकेको उनले बताए । उपत्यका खानेपानीको अर्को स्रोत खरी–बोरी खोला मुहानबाट प्रतिसेकेन्ड ३० लिटर पानी आपूर्ति हुने गरेको छ । यो मुहानबाट भने खडेरीमा पनि पानी आपूर्तिमा कमी नआएको संस्थाले जानकारी दिएको छ । इत्राम खोलाबाट प्रतिसेकेन्ड ८ लिटर, खोर्केबाट ४ लिटर, बुलबुले तालबाट २ लिटर गरी संस्थाले प्रतिदिन ८४ लिटर प्रतिसेकेन्ड अर्थात् ७२ लाख ५७ हजार ६ सय लिटर पानी आपूर्ति गर्दै आएको छ । संस्थाको सेवा क्षेत्र सुर्खेत उपत्यकाका लागि प्रतिदिन १ करोड ५४ लाख लिटर खानेपानी आवश्यक छ । औसतमा हिउँदको समयमा १ करोड ३५ लाख लिटर र सुक्खायाममा न्यूनतम औसत ८६ लाख लिटर मात्रै खानेपानी उपलब्ध हुने गरेको संस्थाले बताएको छ । सुर्खेत उपत्यकामा हाल प्रतिदिन ८१ लाख ६४ हजार लिटर खानेपानी अपुग छ । दीर्घकालीन संकट टार्न भेरीको पानी कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेत उपत्यकामा बढ्दो जनसंख्या र घट्दो पानीका स्रोतका कारण खानेपानीको संकट बढ्दै गएको छ । अब खानेपानीको दीर्घकालीन संकट टार्न उपत्यकामा भेरी नदीको पानी लिफ्ट गरेर ल्याउने विकल्प मात्रै बाँकी छ । अहिले १७ हजार धारामार्फत खानेपानी सेवा दिइरहेको संस्थाले साना तथा अल्पकालीन आयोजनाबाट उपत्यकाको खानेपानी समस्या हल हुने देखेको छैन । खानेपानी समस्या समाधानका लागि विभिन्न माध्यमबाट पानी आपूर्तिको प्रयास संस्थाले गर्दै आएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)