ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पाँचथर मालपोत कार्यालयलाई नमुना कार्यालय घोषणा

Jun 3, 2019  
प्रदेश समाचार कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

जेठ २०, पाँचथर (अस) । जिल्ला मालपोत कार्यालय पाँचथरलाई सोमवारबाट नमुना कार्यालय घोषणा गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले एक समारोहका विच मालपोत कार्यालयलाई नमुना कार्यालयको रुपमा घोषणा गरेकि हुन् । सेवा प्रवाहलाई जोड दिदैं नेपालका सम्पूर्ण मालपोत र नापी कार्यालयलाई ब्यावस्थापन गरिदैं लगिने मन्त्री अर्यालको भनाई थियो ।

सुविधा सम्पन्न भवन, सेवाग्राही मैत्री वातावरण, कार्यालय परिसरमै टेलिभिजन, चिसो तातो पानीको ब्यवस्था, अपांग मैत्री शौचालय, सहायता कक्ष, सम्पूर्ण काम कम्प्यूटर प्रणालीबाट गरिने लगायतका मापदण्ड पुरा गरेर पाँचथर जिल्लाको मालपोत कार्यालय मुलुककै नमुना कार्यालयको रुपमा घोषणा गरिएको हो । आगामी दिनमासमेत कार्यालयबाट सेवा प्रवाहलाई थप ब्यवस्थित गरिदै लगिने मालपोत कार्यालय पाँचथरका प्रमुख बाबुराम पोख्रेलले बताए ।

मालपोत कार्यालयलाई नमुना कार्यालयको रुपमा घोषणा गर्न आइपुगेकी मन्त्री अर्यालले मालपोत र नापी कार्यालयसँगै रहनुपर्ने आवश्यकतामा जोड दिदैं पाँचथरमा यी दुई ओटा कार्यालयको दुरी केहि टाढा देखिएकोले नजिकै राख्नसमेत सरोकारवाला निकायलाई निर्देशन दिइन् । कार्यक्रममा स्थानीय तहका प्रमुखहरुले मालपोतको शाखा कार्यालय स्थानीय तहमा पनि लैजान मन्त्रीलाई आग्रह गरेका थिए । उनीहरुले स्थानीय सरकार सञ्चालनमा मालपोतको उपस्थिति नुहँदा कठिनाइ भइरहेको बताएका थिए । सो को प्रतिउत्तरमा मन्त्री अर्यालले अबको डेढ बर्षमा स्थानीय सरकारलाई मालपोत कार्यालय जिम्मा दिने बताइन् ।

उनले भनिन्, ‘हामीले प्रणालीको विकास गरिरहेका छौं, डेढ बर्ष पर्खिनुहोला, तपाईंको पालिकाको भूमि सम्बन्धि सम्पूर्ण विवरण पेनड्राइभमा दिनेछौं ।’ उनले मालपोत कार्यालयलाई डिजिटलाइज गरेका १९ ओटा कार्यालयबाट छ महीनाको अवधिमै डेढ अर्ब रुपियाँ राजस्व बृद्धि भएकोसमेत बताइन् । मालपोत र नापी कार्यालय भन्ने वित्तिकै सेवाग्राहीप्रति नकारात्मक धारणा रहेको बताउँदै उनले त्यसलाई सुधारेर छाड्ने बताइन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)