ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश–१ को २६ प्रतिशत बजेट खर्च

Jun 5, 2019  
प्रदेश समाचार कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar रोशनी भट्टराई
विराटनगर । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी गरिरहेको प्रदेश नम्बर १ मा चालू आर्थिक वर्षको जेठ आधासम्म कुल बजेटको २६ प्रतिशत मात्र खर्च भएको छ । मंगलवार प्रदेश सभाको अर्थ समितिको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव जीवनप्रकाश सिटौलाले सोचेअनुसार खर्च नभएको बताएका हुन् । उनले चालू आवको असार मसान्तसम्म ६० प्रतिशतसम्म बजेट खर्च हुने अनुमान रहेको जानकारी दिए । प्रदेश सरकारले आगामी आव २०७६/७७ का लागि बुधवार नीति तथा कार्यक्रम ल्याउँदै छ । उनले आगामी आवमा संघीय सरकारबाट सशर्त अनुदानतर्फ १३ अर्ब रुपैयाँ आउने अनुमान गरिए पनि ७ अर्बमात्रै आउने जानकारी दिए । सोही कारणले गर्दा बजेट निर्माणमा चाप परेको उनले बताए । उनका अनुसार अहिलेसम्म रू. ३ अर्ब ३५ करोड आन्तरिक राजस्व प्राप्त भएको छ । तर, सवारीसाधनको राजस्व बाँडफाँट बापतको रकम अझै प्राप्त नहुँदा स्थानीय तहमा पठाउनु पर्ने सशर्त अनुदानको रकम पठाउन समस्या भइरहेको उनले समितिलाई जानकारी गराए । बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले ९३ जना सांसद नै अर्थमन्त्री हुन खोजेको टिप्पणी गरे । १ करोड रुपैयाँको सांसद विकास कोष विनियोजन गर्न सकिने कि नसकिने भन्ने विषयमा सांसदहरूको राय लिने क्रममा मन्त्री आङ्बोले त्यस्तो जवाफ दिएका हुन् । बैठकमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा पाँच करोड र ९३ जना सांसदलाई सांसद विकास कोषअन्तर्गत एक करोड रुपैयाँ छुट्याउन समितिका केही सदस्यले आग्रह गरेका थिए । जवाफमा मन्त्री आङ्बोले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत छानिने योजना सांसदहरूको आफ्नै योजनाजस्तो भइरहेकाले समस्या आएको बताए । सो कार्यक्रमअन्तर्गत स्थानीय तहले तोकेका प्राथमिकता र क्षेत्रका योजना छानिनु पर्ने वैधानिक व्यवस्थालाई नस्वीकारिएका कारण माननीय र वडा अध्यक्षका बीचमा समेत विवाद उत्पन्न हुन थालेको उनको भनाइ छ । मन्त्री आङ्बोले संविधानबमोजिम जुन तहले खर्च गरे पनि त्यो खर्च सरकारकै खर्चका रूपमा बुझ्न सांसदहरूलाई आग्रह गरे ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)