ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धार्मिकस्थल विष्णुपादुका जोड्न सर्दुमा पुल

Jun 9, 2019  
प्रदेश समाचार कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

जेठ २६, धरान(अस) । वर्षौंदेखि वर्षामा बजारसँग सम्बन्ध विच्छेद नै गराउने धरान जोड्ने सर्दु खोलामा २५० मिटर लम्बाईको पुलको निर्माण कार्यले तिब्रता पाएको छ । धरान ११ मंगलबारे पश्चिममा रहेको सर्दुखोलामा रू. ८ करोडको लागतमा पुल निर्माण कार्य तिब्र गतिमा रहेको छ ।

११ मिटर चौडाईको पुल आउँदो असार महीना सम्ममा सम्पन्न हुने गरि निर्माण कार्य अघि बढेको छ । पुल बन्न थाले पछि धरानको बजारसँग जोडिने बराहक्षेत्र, उदयपुर, रामधुनी नगरपालिकावासीलाई राहत पुग्ने छ । बन्धु कन्ट्रक्सनले धमाधम काम गरिरहेको कम्पनीका पर्शुराम चापागाईंले जानकारी दिए ।

यो पुल अर्को असार मसान्तसम्ममा निर्माण कार्य सकिने उनको भनाइ छ । तर निर्माणका लागि अहिले बाढी आउने क्रम रहेकोले काममा केही अवरोध पुगेको उनको भनाइ छ । उनले भने, ‘यसपालि पनि अलि छिटो हुने थियो, अस्ति दुई तीनपटक आएको बाढीले गर्दा काममा अवरोध भयो, काम दोहोर्‍याएर गर्नुपर्ने भयो तर पनि गति लिएकै छ ।’

साविक विष्णुपादुका गाविस धरान उपमहानगरपालिकामा गाभिए पछि धरानको वडा नम्बर २० बनेको छ । सर्दु खोलामा पुल नहुँदा वर्षामा आउने बाढीका कारण त्यहाँका जनताले दुःख पाउँदै आएका थिए । विष्णुपादुका जस्ता प्रसिद्ध धार्मिकस्थल जानलाई खोलाले निक्कै सास्ती दिने गरेको थियो । वर्षा लाग्यो कि सर्दु तर्न सर्वसाधारणका लागि जोखिम नै थियो ।

जोखिमपुर्ण यात्रा गर्न बाध्य हुँदै उनीहरू वर्षामा उत्पादन भएका कृषि उत्पादन बजारसम्म ल्याउन हम्मे पर्ने गरेको विष्णुपादुकाका कृषक हेमकर्ण राईको भनाई छ । उनले भने, ‘खासगरी चल्तीको धरान–विष्णुपादुका सडकखण्डमा पर्ने सर्दु खोलामा पुल नहुँदा सर्वसाधारणहरुले धेरै सास्ती भोग्नु परिरहेको थियो तर अहिले पुल बन्ने भएपछि खुशी छौं ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)