ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मोरङको सलकपुरमा प्रदेशकै ठूलोे नर्सरी

Jun 10, 2019  
प्रदेश समाचार कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

जेठ २७, विराटनगर(अस) । मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित सलकपुरमा रहेको सव–डिभिजन वन नर्सरीलाई प्रदेश १ कै सबै भन्दा ठूलो क्षमताको नर्सरीको रूपमा स्तरोन्नति गरिएको छ । १ लाख ५० हजार विरूवा उत्पादन क्षमताको सो नर्सरीको प्रदेश नं. १ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशकुमार कुसियतले उद्घाटन गरे ।

सो अवसरमा उनले प्राकृतिक स्रोतको दोहन र विनास गर्दै जाँदा प्रदुषणले स्वास्थ्यमा असर पार्ने भएकाले त्यसलाई संरक्षण गर्न सबै नागरिकको दायित्व भएको उल्लेख गरे । उनले प्रदेश सरकारले एक व्यक्ति एक विरूवा रोपौं भन्ने अभियान सञ्चालन गरिरहेको पनि बताए । कार्यक्रममा विभिन्न नर्सरीमा हेरालुको काम गर्ने चार जनालाई नगदसहित प्रमाणपत्र दिइएकोे थियो । कार्यक्रममा वन्यजन्तुबाट पीडित चार परिवारलाई राहत वितरण गरियो ।

खाली क्षेत्रमा बृक्षारोपणका लागि विरूवा उत्पादन गर्न र स्थानीयस्तरमा रहेको नीजि क्षेत्रमा वन विकास गराई वातावरणीय सुधार ल्याउनका लागि वि.सं.२०३८ सालमा सलकपुर रेञ्जर नर्सरीको नामबाट स्थापना भई सञ्चालनमा आएको थियो । हाल प्रदेश नर्सरीमा स्तरोन्नति भएपछि वर्षभरी सञ्चालनमा रहने छ ।

यसबाट स्थानीयस्तरमा रहेको बिरूवाको बढ्दो मागको आपूर्ति गर्न तथा वन प्रजातिबाहेक अन्य जडिबुटी, फलफूल तथा बहुपयोगी बहुवर्षीय विरूवाहरू समेत उत्पादन र आपूर्ति गर्ने लक्ष्य छ । प्रकृति संरक्षणका लागि वृक्षारोपण गर्न विरूवाहरू उत्पादन गरी नर्सरीले वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने डिभिजन वन कार्यालय मोरङले बताएको छ ।

यसबाहेक मोरङ जिल्लामा विराटनगर, मंगलबारे, बेलवारी, रंगेली गरी पाँच ओटा नर्सरीहरू सरकारीस्तरमा सञ्चालनमा छन् । सलकपुर वन नर्सरीको स्तरोन्नति पश्चात् स्थानीयस्तरमा माग भएका मसला, टिक, कपुर, कर्मा, साज, तित्री,बकाइनो, खयर,सिसौं, सतिसाल, रूद्राक्ष, धुपी, अमला, सजीवन, वीरेन्द्र फूल, कटहर लगायतका बिभिन्न प्रजातिका एकवर्षीय र बहुवर्षीय विरूवाको उत्पादन गरिने छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)