ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाढीपीडितको घर निर्माण शुरू नहुँदै विवाद

Jun 14, 2019  
समाचार प्रदेश समाचार कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
विराटनगर । मोरङको कटहरी गाउँपालिकाका बाढीपीडित सुकुमवासीका लागि घर निर्माण शुरू हुन नपाउँदै विवाद उत्पन्न भएको छ । नेकपाको स्थानीय कमिटीले बिहीवार पत्रकार सम्मेलन गरी गाउँपालिकाका अध्यक्षले घर बनाउन आएको रकमबाट कमिशन खान खोजेको आरोप लगाएको छ । सोही कारण घर बनाउन आएका साझेदार संस्थासमेत फर्किएको नेकपा कार्यदल कटहरीको बताएको छ । कार्यदलका अध्यक्ष मृत्युञ्जय झाका अनुसार सोही क्षेत्रका संघीय प्रतिनिधिसभाका सांसद अमनलाल मोदीको सांसद विकास कोषबाट ५० लाख रुपैयाँले घर बनाउन लागिएको हो । यो योजनामा अन्य दुई संस्थाले साझेदारी गरी थप २० घर बनाइदिने भनेर आएको तर गाउँपालिका अध्यक्ष रामकुमार कामतले बनाउन नदिएको झाले बताए । जीवन विकास समाज र ह्याविटेट नामको साझेदार संस्थाले थप १०/१० घर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो । अध्यक्ष कामतले विपक्षीले निराधार आरोप लगाई आफूलाई बद्नाम गर्न खोजेको बताए । भूमिहीनलाई घर बनाउन गाउँपालिकाले तयारी गरिरहेको बताउँदै उनले भने, ‘नेकपाले जग्गामा कमिशन पाउन एकीकृत रूपमा वडा नम्बर २ को कदमगाछीमा जग्गा किनेको छ ।’ यसमा अवरोध गर्दा आफूलाई बद्नाम गर्ने प्रयास भएको उनको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)