ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विराटनगरका ३४ चोकलाई वाइफाई जोन बनाइने

Jun 15, 2019  
प्रदेश समाचार कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

३२ जेठ,विराटनगर (अस)। विराटनगर महानगरपालिकाका ३४ ओटा चोकलाई वाइफाई जोन बनाइने भएको छ । विराटनगर महानगरका मेयर भीम पराजुलीले आगामी आर्थिक वर्षको योजनाबाट महानगरका विभिन्न ३४ ओटा चोकलाई वाइफाई जोन बनाइने बताएका हुन् ।

विराटनगरको उत्तरी क्षेत्रमा रहेको पुष्पलालचोकबासीले स्थानीय चोकलाई हरियाली बनाउने अभियानको शुरुवागत गर्दै मेयर पराजुलीले यस्तो जानकारी दिएका हुन् । उनले विराटनगरलाई स्वच्छ र हराभरा बनाउन महानगरपालिकाले विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको पनि जानकारी दिए ।

चौतर्फी एकसाथ भइरहेको विकास निर्माणका कारण धुलाम्मे बनेको विराटनगरमा हरियाली बनाउने अभियान शुरु गरेका पुष्पलालचोकवासीले आपनो चोकलाई हराभरा, स्वच्छ र सुन्दर बनाउन वृक्षारोपण अभियानसमेत शुरु गरेका छन् । बृक्षारोपणसँगै सरसफाईका साथ पुस्पलालचोकस्थित संरचनालाई रंगरोगन गरेर आकर्षक बनाइएको छ ।

स्थानीयले शनिवार बिभिन्न प्रजातिका ३६ ओटा रुखबिरुवा रोपेर अभियानको शुरु गरेका थिए । सो क्रममा चोकको तीनतर्फ समीको विरुवा रोपिएको छ भने सडककोबीचमा रहेका डिभाइडरमा अशोक र विभिन्न प्रजातिका फूलका बिरुवा रोपिएका छन् ।

चोकलाई स्वच्छ र हराभरा बनाउन स्थानीय युवाहरु लागि परेको परिवर्तनकालागि हातेमालोका अध्यक्ष विनोद चहरले जानकारी दिए ।परिवर्तनका लागि हातेमालोले विराटनगरमा लामो समयदेखि सरसफाई लगायत सचेतनाका लागि भित्ते चित्र लेखन अभियान गर्दै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)