ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीरेन्द्र सभागृहको ४ करोड फ्रिज हुँदै

Jun 17, 2019  
मुख्य खबर प्रदेश समाचार कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
विराटनगर । विराटनगरको वीरेन्द्र सभागृह मर्मतका लागि आएको बजेट फ्रिज हुने भएको छ । सभागृह पुनर्निर्माणका लागि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको पहलमा आएको ४ करोड बजेट खर्च गर्न विराटनगर महानगरपालिकाले चासो नदिएपछि फ्रिज हुने अवस्थामा पुगेको हो । सभागृह सुधारका लागि आएको बजेट अपुग भएको भन्दै महानगरले खर्च गर्न आलटाल गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरपालिकालाई पत्र पठाउँदै मर्मतसम्भारमा बजेट खर्च गर्न निर्देशन दिएको थियो । तर महानगरपालिकाले वीरेन्द्रसभा गृहको पुनर्निर्माणका लागि करीब २३ करोड लाग्ने डीपीआर तयार भएको, बजेट थोरै भएको र अन्तिम समयमा आएको भन्दै खर्च गर्न नसकिएको बताएको छ । ‘ढिलो गरी थोरै बजेट आएकाले खर्च गर्ने अवस्था रहेन,’ महानगरका प्रमुख भीम पराजुलीले भने । सभागृहको पुनर्निर्माणका लागि नगर विकास कोषमा लगानीका लागि प्रस्ताव पेश गर्ने तयारी भइरहेको जानकारी उनले दिए । मन्त्री पण्डितले पठाएको बजेट नयाँ डीपीआरका आधारमा काम गर्न अपुग हुने महानगर प्रमुख पराजुलीले बताए । ‘सरकारले लगानीको स्रोत सुनिश्चित नभएसम्म टेन्डर प्रक्रियामा नजान निर्देशन दिएकाले पनि काम अघि बढाउन सकिएन,’ उनले भने । वीरेन्द्र सभागृह काठमाडौंको राष्ट्रिय सभागृहको शैलीमा तयार गर्ने डीपीआर तयार भएको भन्दै उनले मन्त्री पण्डितलाई थप बजेटका लागि पहल गरिदिन आग्रह गरिएको बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)