ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राउटेलाई अव नेपाली नागरिकता दिइने

Jun 20, 2019  
प्रदेश समाचार कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य
असार ५,दैलेख (अस) । दक्षिण एशियाको एकमात्र घुमन्ते जाती राउटे समुदायलाई सरकारले नेपाली नागरिकता दिइने भएको छ । कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई दैलेखको गुराँस गाउँपालिकाले कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको परिचयपत्रका आधारमा नागरिकता दिने भएको हो । गुराँस गाउँपालिकाले गत वर्ष परिचयपत्र वितरण गरेको थियो । मन्त्रालयका सचिव मानबहादुर विकेका अनुसार त्यसबेला राउटे समुदायलाई सामाजिक विकास मन्त्रालयको सहकार्यमा उक्त गाउँपालिकाले परिचयपत्र उपलब्ध गराएको थियो । सोही परिचयपत्रका आधारमा नेपाली नागरिकता प्रदान गर्न लागिएको हो । ‘सामाजिक सुरक्षाभत्ता वितरणलगायतका अन्य सरकारी कामकाजमा सहजता हुने भएकाले नागरिकता वितरण गर्न लागिएको हो’, विकेले भने । राउटे समुदायसँग काम गरिरहेका सरोकारवालासँगको सहकार्य र समन्वयमा नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाईने योजना छ । अघिल्लो वर्ष गुराँस गाउँपालिका–८ को ठेगाना राखेर परिचयपत्र पाएका उनीहरुले गुराँस गाउँपालिकाकै स्थायी बासिन्दाको रुपमा नागरिकता पाउने भएका हुन् । राउटे समुदायले जहाँबाट परिचयपत्र पाएका थिए, त्यहींको ठेगाना राखेर नेपाली नागरिकता दिने प्रक्रिया शुरु गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले बताए । सुर्खेतको गुर्भाकोट नगरपालिकाको बेतीनी खोला किनारबाट दुई साताअघि दैलेखको गुराँस गाउँपालिका–५ कान्छी बजारमा बस्ती सारेका छन् । सबै प्रक्रिया पुर्‍याएर राउटे बस्तीमै पुगेर नागरिकता वितरण गर्ने सरोकारवाला पक्षहरुले बताएका छन् । सामाजिक सेवा केन्द्र (सोसेक)नेपाल दैलेखले राउटे समुदायका बालबालिकाको लागि अध्यापन गराउन,विभिन्न तालिम, सरसफाई, औषधि उपचार गर्ने गरी तीन जना कर्मचारी समेत खटाएको छ । हाल राउटे समुदायको संख्या १४६ रहेको छ ।  
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)