ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बजेटमाथिको छलफलमा मुख्यमन्त्री नआएपछि कांग्रेसले गर्‍यो संसद बैठक अवरुद्ध

Jun 23, 2019  
प्रदेश समाचार कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

असार ८, सुर्खेत । प्रमुख प्रतिक्षी दल नेपाली कांग्रेसले कर्णाली प्रदेश सभा बैठक अवरुद्ध गरेको छ । बजेटमाथिको छलफलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही नआएपछि कांग्रेसले आइतवारको प्रदेश सभा बैठक अवरुद्ध गरेको हो । आर्थिक वर्ष २०७६/०७७ को बजेटमाथिको महत्वपूर्ण छलफलमा मुख्यमन्त्री शाही अनुपस्थित भएपछि बैठक अबरुद्ध गरिएको प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले जानकारी दिए ।

उनले बजेटमाथिको छलफलमा मुख्यमन्त्री नआउँदासम्म बैठक सुचारु हुन नदिने बताए । ‘बजेटजस्तो संवेदनशील विषयमा छलफल गर्दा मुख्यमन्त्री उपस्थित नहुनु गम्भीर विषय हो,’ उनले भने, ‘मुख्यमन्त्री छलफलमा नआउँदासम्म बैठक सुचारु हुन दिदैनौं ।’ उनले निष्ठा, सत्यता र संसदीय मर्यादाका लागि संसद अवरोध गरेको जिकिर गरे ।

उनका अनुसार असार १ गते प्रस्तुत भएको बजेटमाथि शुक्रवारदेखि छलफल गर्ने भनिए पनि बिनाकारण बैठक स्थगित गरिएको थियो । आइतवार कांग्रेसको अवरोधपछि कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले असार ११ गते ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)