ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश–१ मा १० हजार बजेटका १ हजार योजना

Jun 30, 2019  
प्रदेश समाचार कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
विराटनगर । प्रदेश–१ सरकारले रातो किताब मोटो पार्न जथाभावी योजना समावेश गरेको र १० हजार रुपैयाँ राखेर पनि बजेट छुट्याएको भन्दै प्रदेश सांसदहरूले आलोचना गरेका छन् । शुक्रवार प्रदेशसभामा विनियोजन विधेयक माथिको छलफलका क्रममा सांसदहरूले सरकारले जथाभावी योजनाका लागि बजेट छुट्याएको आरोप लगाएका हुन् । प्रदेश–१ मा नेपाली कांग्रेसको समानुपातिक तर्फका सांसद प्रतापप्रकाश हाङमाङले ताप्लेजुङमा मात्रै १० हजार रुपैयाँ बजेटका १० ओटा योजना राखिएको भन्दै प्रदेश सरकारको आलोचना गरे । उनले न्यूनतम बजेट विनियोजन गर्दा प्रदेश सरकारले १० लाखभन्दा कमका योजना छुट्याउन नहुनेमा जोड दिए । संघीय लिम्बूवान् राष्ट्रिय मञ्चकी प्रदेश सांसद विष्णुमाया तुम्बाहाम्फेले बजेट र योजनाहरूले सुखी र समुन्नत प्रदेश निर्माणका साथै समाजवाद उन्मुख समाज तयार पार्ने भने पनि त्यो लक्ष्य हासिल हुने अवस्था नदेखिएको बताइन । छलफलका क्रममा सांसदको प्रश्नको जवाफ दिँदै प्रदेशका मुख्यमन्त्री शेरधन राईले १० हजार रुपैयाँ बजेटका झण्डै १ हजार योजना रातो किताबमा रहेको बताए । सांसदको माग सम्बोधन गर्न यसो गरिएको उनले जानकारी दिए । आगामी वर्षमा आवश्यकता र औचित्यका आधारमा बजेट छुट्याउने उनको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)