ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश नं. १ को मन्त्रिमण्डलमा महिला प्रतिनिधित्व गरिन्छ : प्रवक्ता कार्की

Jul 8, 2019  
प्रदेश समाचार कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य
असार २३, विराटनगर(अस) । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले मन्त्रिमण्डल विस्तारमा महिलाको सहभागीता सुनिश्चित गरिने बताएका छन् । प्रदेशसभा बैठकको शून्य समयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै मन्त्री कार्कीले सरकार विस्तार हुँदा महिलाको मन्त्रिमण्डलमा सहभागिता हुने बताए । सरकार गठन भएको १६ महीनासम्म पनि सरकार विस्तार नभएको र महिलाको मन्त्रिमण्डलमा सहभागिता नभएको भन्दै आलोचना बढिरहेको बेला कार्यवाहक मुख्यमन्त्रीसमेत रहेका कार्कीले मन्त्रिमण्डलमा महिलाको प्रतिनिधित्व हुने बताए । उनले सरकारले पूर्णता पाउन नसकेको स्वीकार गर्दै विभागीय मन्त्री नभएका दुई ओटा मन्त्रालयमा महिलाको प्रतिनिधित्व हुने बताए । ‘दुई ओटा मन्त्रालय खाली छन्, सरकारलाई पूर्णता दिन सकिएको छैन’ मन्त्री कार्कीले भने, ‘महिलाको प्रतिनिधित्व हुने कुरा जानकारी गराउन चाहन्छु ।’ ‘विगत सवै विर्सिएर अहिले सवै खराब छ भन्न मिल्दैन’ उनको प्रश्न थियो, ‘तीन दशकमा पूरा नभएका बिषय अहिले नै कसरी हुन्छ, एकै रातमा ठिकठाक हुन सम्भव छ ?’ मन्त्री कार्कीले सरकारले केही कुरा ल्याउने वित्तिकै सामाजिक सञ्जालमा शुरु हुने टिप्पणीले नेपालकै प्रतिष्ठा गिराएको पनि जिकिर गरे । मध्य असारमा पनि मल नपाएको सांसदहरुले भनिरहँदा सरकारले त्यसबारे अध्ययन गरिरहेको मन्त्री कार्कीले दाबी गरे ।  ९ हजार मेट्रिक टन युरिया र एक हजार मेट्रिक टन डीएपी मल उपलब्ध गराइसकेको जानकारी दिंदै उनले आवश्यक पर्ने बाँकी रासायनिक मल चाँडै उपलब्ध हुने आश्वासन पनि दिएका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)