ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लगानीका लागि चिनियाँ टोली चाडै प्रदेश–१ मा आउँछ : मन्त्री आङ्बो

Aug 2, 2019  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

साउन १७, विराटनगर । प्रदेश–१ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशमा उल्लेख्य मात्रामा चिनियाँ लगानी भित्रने विश्वास  व्यक्त गरेका छन् । एक साता लामो चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका मन्त्री आङ्बोले विराटनगरका पत्रकारहरुसँग कुराकानी गर्दे सान्दोङको सुइफा हुवाइजियको निमन्त्रणामा भएको भ्रमण निकै फलदायी र सफल भएको दाबी गरे ।

उनले चिनियाँ टोली छिट्टै प्रदेशमा लगानीको सम्भावनाबारे अध्ययन गर्न आउने र त्यसपछि लगानीको क्षेत्र तय हुने बताउँदै मन्त्री आङ्बोले खानेपानी, इलेक्ट्रोनिक्स र हाइड्रोमा लगानीका लागि चिनियाँ कम्पनीलाई आग्रह गरेको बताए । ‘लगानी गर्ने क्षेत्र खुम्चिँदै गएपछि पछिल्ला वर्षमा चीनको आर्थिक वृद्धिदर निरन्तर खस्किँदै गइरहेको देखिएको छ,’ उनले भने, ‘यसकारण उनीहरूका लागि लगानी गर्ने क्षेत्रको आवश्यकता बढ्दै गएको छ ।’

‘चीनको सबैभन्दा सुखी जनता बसोबास गर्ने सिचुवान र तीव्र्र आर्थिक विकास गरिरहेको सान्दोङ प्रान्तको भ्रमणबाट हाम्रो प्राथमिकता अनुसार कसरी उनीहरूको सहयोग ल्याउन सकिन्छ भन्ने विषयमा राम्रो छलफल भएको छ,’ मन्त्री आङ्बोले भने, ‘छिट्टै सुइफाको टोली प्रदेशमा लगानीको सम्भावनाबारे अध्ययन गर्न आउँदैछ ।’ उनले यसका लागि सघीय सरकारको अनुमति आवश्यक पर्ने बताउदै त्यो प्रक्रिया पनि चाँडै पूरा गरिने बताए ।

चीनभित्र शुद्ध पानी उपलब्ध गराउँदै आएको व्यावसायिक समूहसँग प्रदेश–१ का सुख्खाग्रस्त क्षेत्रहरूमा शुद्ध पिउने पानीको आपूर्तिको क्षेत्रमा पनि साझेदारी गर्न सकिने मन्त्री आङ्बोले बताए । ‘प्रदेश–१ सरकारले नीति तथा कार्यक्रम मार्फत नै प्रदेशवासीलाई शुद्ध पिउने पानीको प्रबन्ध गराउने घोषणा गरेको छ,’ मन्त्री आङबोले भने, ‘यसका लागि पनि चिनियाँ कम्पनीसँग सहकार्य हुने सम्भावना बढी देखिएको छ ।’

यसैगरी दुईदेशबीच कृषि क्षेत्रमा पनि मिलेर काम गर्नसक्ने सम्भावना रहेको उनले बताए । भ्रमण टोलीमा सहभागी उद्योग वाणिज्य महासंघ प्रदेश–१ का वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले चीनको प्रतिष्ठित कम्पनीसँगको साझेदारीको विषयमा छलफल गरी साझेदारीको आधार तयार हुनु सकारात्मक भएको बताए । नेपाली उद्योगीहरूको लगानीलाई प्रभावित नगर्ने कृषि लगायतको क्षेत्रमा साझेदारी गर्न सकिने सम्भावना देखिएको उनको बताए ।

प्रदेश सरकारको तर्फबाट मन्त्री आङ्बो नेतृत्वको टोलीले चीनको औद्योगिक क्षेत्रको औपचारिक भ्रमण गरेको थियो । भ्रमण टोलीले चीनको सिचुवान र सान्दुङ प्रान्तको औद्योगिक क्षेत्रको स्थलगत अध्ययन र अवलोकन गरेको थियो । भ्रमण टोलीमा प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियत, सांसदहरू सर्वध्वज साँवा, तेजमान कन्दङ्वा र विन्दिया कार्की लगायत सहभागी थिए ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)