ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश–१ को लेखा समितिद्वारा दुहबीदेखि खोर्सानेसम्मको सडक अनुगमन

Aug 4, 2019  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

साउन १९, विराटनगर । प्रदेश–१ को सार्वजनिक लेखा समितिले पूर्वपश्चिम राजमार्ग र त्यस क्षेत्रका पुलमा भएका मर्मत सम्बन्धी कामको अनुगमन गरेको छ । सडक कार्यालयमार्फत भएका मर्मतमा कैफियत र कमसल काम भएको भन्ने सांसदहरुले प्रदेशसभामा आवाज उठाएपछि समितिका सभापति शिवनारायण सिंह गन्गाईको नेतृत्वको अनुगमन टोलीले सडक र पुलको अनुगमन गरेको हो ।

सभापति गन्गाईका अनुसार अनुगमन टोलीले दुहबीदेखि इटहरी हुँदै मोरङको खोसार्नेसम्म सडक र पुलको अवस्थाबारे अनुगमन गरेको हो । उनले भने, ‘मर्मत कार्यको जिम्मेवारी पाएका निर्माण कम्पनी तथा सरकारी निकायसँग प्रत्यक्ष स्थलगत छलफलसमेत गरेका छौं ।’ त्यस क्रममा सडकमा खाल्डाखुल्डी मर्मत गरेपनि यथावत रहेको, पुलमा गरिएको मर्मतसमेत उप्किएको पाइएको उनले जानकारी गराए । अनुगमनका क्रममा संसदीय टोलीसँग स्थानीयले अति नै व्यस्त हुने पूर्वपश्चिम राजमार्गमा ठाउँठाउँमा खाल्डाखुल्डी पर्दा दुर्घटनाको सम्भावना बढेको गुनासो गरेका थिए ।

निर्माण पक्षले भने बर्खाको समयमा कतिपय सडकको क्षेत्रमा पानी जम्ने गर्नाले कालोपत्रे उप्किएको समिति समक्ष जानकारी गराएका थिए । अनुगमनमा सार्वजनिक लेखा समितिका सदस्य सांसद तुलसी प्रसाद न्यौपाने, अम्बिका थापा, कुसुम श्रेष्ठ र प्रदेशसभाका सचिवलगायत सहभागी थिए ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको दुहबी उत्तर र इटहरी पूर्व परेका खाल्डाले यातायात सञ्चालनमा निकै कठिनाइ हुने गरेको छ । गछिया पुलमा परेको खाल्डाले यात्रु र सवारीलाई निकै सास्ती हुने गरेको छ । सडक कार्यालयले मर्मत गरेको भनेपनि समस्या यथावत रहेको भन्ने स्थानीयले समेत गुनासो गरेपछि समितिले चासो दिएको सभापति गन्गाईले जानकारी दिए ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)