ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश १ मा विद्युतीय बस सञ्चालन गर्न निजी क्षेत्र तयार

Aug 6, 2019  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
सुन्दर यातायात प्रालिले नेपालमा विद्युतीय बस सञ्चालनका लागि नेपाल भित्र्याउने क्रममा चिनबाट लोड गर्दै गरेको फाइल फोटो ।
author avatar रोशनी भट्टराई

साउन २१, विराटनगर । नेपालमै पहिलो पटक काठमाडौंमा विद्युतीय बस सञ्चालन गर्ने अन्तिम तयारीमा रहेको सुन्दर यातायात प्रालिले प्रदेश १ मा पनि बस सञ्चालन गर्ने तयारी शुरु गरेको  छ । 

सुन्दर यातायातले प्रदेश सरकारको समन्वयमा झापा, मोरङ र सुनसरीभित्र छ ओटा चार्जिङ सेन्टरको  लागि जग्गा उपलब्ध गराएमा पाँच महीना भित्रमा विद्युतीय बस सञ्चालन गर्न सकिने प्रस्ताव पेश गरेको छ ।  बस सञ्चालन गर्ने बारे उक्त कम्पनीले मुख्यमन्त्री शेरधन राईसँग छलफल गरी सहयोगको लागि आग्रह समेत गरेको छ । 

विराटनगर, काँकडभिट्टा, इटहरी, धरान, दमकलगायत क्षेत्रमा सात कट्ठादेखि नौ कट्ठाको दरले जग्गा उपलब्ध भएमा तीन महीना भित्र चार्जिङ स्टेशन बनाई यातायात सञ्चालन गर्न सकिने सुन्दर याताया प्रालिका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।

उनले भने, ‘पहिलो चरणमा विराटनगर–काँकडभिट्टा र विराटनगर–धरान बस सञ्चालन गर्ने सोच हामीले बनाएका छौं ।’ एउटा चार्जिङ स्टेशन निर्माण गर्न रू. ७० लाखसम्म खर्च हुने उनले बताए ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यो प्रक्रियाको लागि सरकारले सहजीकरण गर्ने र चाँडै नै विद्युतीय बस सञ्चालनको लागि आवश्यक प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गरेको  पनि उनले बताए । सञ्चालन हुने बसको मूल्य रू.१ करोड ६२ लाख पर्छ । ४० सिट क्षमता भएको बसमा उभिनसमेत मिल्नेगरी ७० जनासम्म यात्रुले यात्रा गर्न सक्ने बताइएको छ ।

त्यस्तै अपांगमैत्रीसमेत हुने बसमा एसीको सुविधा हुन्छ । बस सञ्चालन भए सरकारले तोकेको भन्दा ३० प्रतिशत भाडा घट्ने उनको दाबी छ । विद्युतीय बस एकपटक चार्ज गरेपछि बस २६८ किलोमिटर दौडन सक्छ । 

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)