ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वैशाखभित्रै बजेट खर्च गर्न मोरङका स्थानीय तह प्रतिबद्ध

Aug 12, 2019  
प्रदेश समाचार कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

विराटनगर । मोरङका १७ ओटै स्थानीय तहले आर्थिक वर्ष सकिन दुई महीना अगावै बजेट खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आर्थिक वर्षको अन्त्यमा बजेट खर्च गर्ने परिपाटीका कारण निराशाजनक खर्च प्रगति व्यहोर्नु परेको र सञ्चालित योजनाको गुणस्तरसमेत कायम नभएको भन्दै स्थानीय तहले यस्तो निर्णय गरेका हुन् ।

स्थानीय तहका प्रमुख, उपप्रमुख र कार्यकारी अधिकृतसहित साउन १६ गते बसेको संयुक्त बैठकले वैशाख महीनाभित्रै बजेट कार्यान्वयन गर्ने मार्गदर्शन तयार गरी त्यसलाई पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । हरेक वर्ष आर्थिक वर्षको अन्तिम दुई महीना जेठ र असारमा मात्रै विकास बजेट खर्च गर्ने प्रवृत्तिका कारण आयोजना तथा कार्यक्रमहरू गुणस्तरीय नभएको, कर्मचारीहरू ठेकेदार र उपभोक्ता समितिसँग मिलेर आर्थिक प्रलोभनमा परेको स्थानीय तहको ठहर छ ।

ग्रामथान गाउँपालिकाका कार्यकारी अधिकृत होमप्रसाद पौडेलले उक्त निर्णय कार्यान्वयन गर्न हरेक दुई महीनामा बैठक बस्ने सहमति भएको जानकारी दिए । ढिलो बजेट खर्च हुने समस्याका कारण प्रदेश सरकार समेत जेठ १५ पछि एक रुपैयाँ पनि भुक्तानी नगर्ने निष्कर्षमा पुगेको छ । प्रदेशका मुख्यमन्त्री शेरधन राईले साउन ६ गते प्रदेश सरकार मातहतका कर्मचारीलाई राखेर प्रदेशको बजेट जेठ महीनाको १५ गतेपछि खर्च नगर्ने घोषणा गरेका थिए । उक्त बैठकले जनप्रतिनिधिहरू समेतको सहभागितामा साझा सरोकार मञ्चसमेत गठन गरेको थियो । 

आर्थिक वर्ष २०७६÷७७ मा सञ्चालन हुने योजना तथा कार्यक्रमलाई वैशाख मसान्तसम्म सम्पन्न गरिसक्ने निर्णय भएको बूढीगंगा गाउँपालिकाका कार्यकारी अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिए । उनले त्यसको समन्वयका लागि मञ्च गठन गरिएको बताए । ‘हामीले त्यही निर्णयलाई मार्गदर्शक सिद्धान्त बनाएर काम गर्नेछौं’ न्यौपानेले भने, ‘त्यो निर्णय सबै पालिकाले वार्षिक कार्ययोजना र खरीद योजना बनाएर पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने छ ।’ 

आर्थिक वर्षको अन्त्यमा बजेट खर्च हुने प्रचलनले निकासा दिने कार्यालयका साथै प्रत्येक बैंक तथा वित्तीय संस्थामा भीड लाग्दै आएको थियो । अन्तिममा योजना फछ्र्योट गर्नुपर्दा कर्मचारीलाई भ्याई नभ्याई हुने र आर्थिक प्रलोभनमा परेर उनीहरू पक्राउ पर्ने घटना वर्षेनि बढेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)