ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ईलाका प्रहरी कार्यालय रानी परिसरमा ७ करोडको सुविधासम्पन्न भवन बन्ने

Aug 12, 2019  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

साउन २७, विराटनगर (मोरङ) । विराटनगरस्थित ईलाका प्रहरी कार्यालय रानीको हाता भित्र रू. ७ करोडको लागतमा सुविधासम्पन्न कार्यालय भवन तथा आवास गृहको निर्माण हुने भएको छ । उक्त भवनको सोमवार प्रदेश–१ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले शिलान्याश गरेका हुन् ।

शिलान्याश कार्यक्रममा प्रदेश प्रहरी प्रमुख ज्ञवालीले भवन भन्दा पनि भवनबाट प्रवाह हुने सेवा सबैभन्दा ठूलो र महत्वपूर्ण भएको बताए । भवनबाट प्रवाह हुने सेवाको गुणस्तरले प्रहरी कस्तो छ भन्ने देखाउने हुँदा यसबाट प्रवाह हुने सेवाको स्तरमा वृद्धि गर्न प्रहरी कर्मचारीहरुलाई उनले निर्देशन दिए । तोकिएकै समयमा र तोकिएकै मापदण्ड अनुसार भवन निर्माण सम्पन्न भई हस्तान्तरण हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जबसम्म कानून कार्यान्वयनको विकास हुँदैन तबसम्म मानव सभ्यताको विकास नहुने बताए । समाजमा शान्ति सुरक्षाको विकास गर्न र सभ्यताको विकासमा पहिलो आवश्यकता भनेको प्रहरी र सुरक्षा रहेको बताउँदै उनले प्रहरी प्रविधिमैत्री र सुविधासम्पन्न हुनुको विकल्प नरहेको बताए ।  

पुरानो भवन जीर्ण भई दैनिक काम कारबाहीमा कठिनाई भएको अवस्थामा प्रहरी प्रधान कार्यालयको सहयोगमा ५ कठ्ठा १० धुर क्षेत्रफलमा सुविधासम्पन्न कार्यालय भवन तथा आवास गृहको निर्माण हुन लागेको हो ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)