ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘लो भोल्जेट’ र ‘ट्रिपिङ’को समस्याले पूर्वका उद्योगी रुष्ट

Aug 20, 2019  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

भदौ  ३, विराटनगर । ‘लो भोल्जेट’ र ‘ट्रिपिङ’को समस्याले हैरान बनेको भन्दै सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योगी व्यापारीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई भेटेर विद्युत् समस्या समाधान गर्न जोड दिएका छन् । 

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघका पदाधिकारी मुख्यमन्त्रीलाई भेटेर ‘लो भोल्जेट’ र ‘ट्रिपिङ’को समस्याले उद्योग व्यवसाय नै चौपट भएको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङविरुद्ध  आक्रोश पेखेका छन् ।उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले कुलमान घिसिङले भनेजस्तो गरी पूर्वी क्षेत्रमा विद्युत् सेवा प्रभावकारी नभएको भन्दै  ध्यानाकर्षण गराएका थिए ।
 
उनले मुख्यमन्त्रीले विद्युतको समस्या समाधानमा चासो दिनुपर्नेमा  जोड दिए । यस्तै उर्जा  तथा जलस्रोत मन्त्रालय, प्रधानमन्त्री कार्यालय तथा विद्युत् प्राधिकरणलाई भन्दा पनि समस्या समाधान नभएको उनले गुनासो गरे । तत्काल लो भोल्टेजको समस्या समाधान नगरे उद्योग धन्दा बन्द गर्नुपर्ने अवस्था आउने घिमिरेको भनाइ थियो । बजेटमार्फत प्रदेश सरकारले केही आशाको संचार गराएको बताउँदै उनले  पूँजीगत खर्च गर्न र विकास निमार्णको अनुगमन गर्न समेत मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
 
उद्योग संगठनका कार्यकारिणी समिति सदस्य राकेश सुरानाले  हाल विद्युतको समस्या २/ ४ घण्टाको लोडसेडिङ भन्दा ठूलो समस्या रहेको दाबी गरे । मुख्यमन्त्रीलाई दुवै संगठनको तर्फबाट तत्कालका समस्या समाधान गर्नुपर्ने विषय समेटिएको  ज्ञापनपत्र बुझाउँदै मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले चार वर्ष अगाडि आएको बाढीबाट समस्याग्रस्त बनेको भारतको मिरगञ्ज पुल नयाँ नबन्दा आयात–निर्यातमा समस्या भएको बताए ।

भारतको विहार राज्यमा  पर्ने परमान नदीमा रहेको मीरगंज पुलबाट ४० मेट्रिक टनभन्दा माथीका ढुवानीका साधन संचालनमा भारतले रोक लगाएको  छ । जसका कारण नेपाल आउने मालबाहक सवारी साधन सुनसरीको भण्टाबारीबाट घुमाएर ल्याउनु पर्ने बाध्यता छ ।  उद्योगीका गुनासा सुनेसँगै मुख्यमन्त्री राईले विद्युतको समस्याको बारेमा आफु पनि अवगत भएकाले यसको समाधानका लागि प्राधिकरणका कार्यकारी निर्देशकसँग छलफल गरिसकेको जानकारी दिए । 

मुख्यमन्त्री राईले भने, ‘उहाँलाई केही दिनमा विराटनगर बोलाएर यहाँको समस्याको समाधान गरिने छ ।’ मुख्यमन्त्री राईले मीरगञ्ज पुलको कारण आयात–निर्यातमा उद्योगी/ व्यवसायीले भोग्नु परेको समस्या समाधानका लागि तत्काल संघीय सरकारमा पहल गरी समाधान खोज्ने बताए ।

 यस्तै निकट भविष्यमा हुन लागेको भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा मिरगञ्ज पुल निर्माणबारे ध्यानाकर्षण गराउने  समेत उनले बताए ।  यसैगरी विराटनगर विमानस्थलको स्तरोन्नतीका लागि संघीय सरकारका पर्यटन मन्त्रीसँग छलफल भइसकेको भन्दै उनले छिट्टै नै त्यसको काम अगाडी बढ्ने पनि बताए । 

यो पनि पढ्नुहोस्

ढुवानीका साधन चल्न नसक्दा आयात–निर्यातमा कठिनाइ, मीरगञ्ज पुल निर्माणका लागि पहल गर्न माग

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)