ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल प्रवेश गर्ने भारतीय सवारीको तथ्यांक कम्प्युटरमा

Aug 22, 2019  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

भदौ ५ , विराटनगर । विराटनगर भन्सार कार्यालयले नेपाल आउने भारतीय गाडीको तथ्यांक कम्प्युटरमा राख्न शुरु गरेको छ ।  भन्सार ऐन अनुसार सिमानाकाबाट नेपाल प्रवेश गर्ने सवारीको तथ्यांक अभिलेखीकरण  गर्न लागिएको हो ।

यसअघि भन्सार सुविधाको सवारी र भन्सार तिर्ने  सवारीको  तथ्यांक हातले लेखेर राख्दा कुन सवारी कति पटक आयो भनेर अन्यौल उत्पन्न हुने गरेको थियो । त्यस्तो अन्यौलता हटाउने उद्धेष्यले गत आइतवारदेखि कम्प्युटरमा तथ्यांक राख्न थालिएको हो ।

भन्सार सुविधा तिरेर आउने भारतीय मोटरसाइकल महीनामा सात पटक र हलुका चारपांग्रे सवारी वर्षमा ३० दिन मात्र आउन सक्ने भन्सार ऐनमा   उल्लेख छ । सुविधामा आउने सवारी भन्सार नजिकको बजारसम्म आउन पाउने प्रावधान छ भने भन्सार तिरेर आउने गाडी निरन्तर सात दिनसम्म मात्र नेपालमा  चलाउन सकिने व्यवस्था छ ।

तर पछिल्लो समय सुविधा कटाएर विराटनगर आउने भारतीय सवारीको संख्या दिनानुदिन बढ्दै गएकाले कुन सवारी कति पटक आयो भनेर तथ्यांक राख्न शुरु गरिएको हो । भारतीय एवं अन्य मुलुकको गाडी कति पटक आयो भन्ने एकिन तथ्यांकको अभिलेख कम्प्युरमा राख्न  शुरु गरिएको भन्सार कार्यालयका सूचना अधिकारी मणिराम पौडेलले बताए । 

आइतवार विहानबाट शुरु गरेको सो प्रक्रियाले केही बेर समस्या उत्पन्न भए पनि कर्मचारीको संख्या बढाएर काम सुचारु गराएको उनले बताए ।  उनले भने, ‘पहिलो दिन भएकाले समय लाग्यो, पार्किङ नभएकाले जामसमेत भयो, तर अव प्रक्रिया शुरु भएकाले कुनै समस्या छैन ।’  पछिल्लो समय सीमावर्ती क्षेत्रका नेपाली नागरिकले समेत भारतीय नम्वर प्लेटका सवारी किनेर सुविधामा नेपालमा प्रयोग गर्दै आएका छन् । 

जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक शिवकुमार पोखरेलले भन्सार ऐन अनुसारका प्रावधानले गाडीको तथ्यांक हेर्न सहयोग पुग्ने बताए । उनले भने, ‘यो प्रावधानले आपराधिक गतिविधि नियन्त्रणमा समेत सहयोग पुग्ने छ ।’ सुविधामा तिरेर नेपाल आउने भारतीय सवारी नेपालको सीमावर्ती बजार सहित पूर्वको प्रर्यटन स्थलसम्म लैजाने गरिएको छ ।

सुविधा कटाएर आउनेहरु दिनभरी घुमफिर गरेर बेलुका जाने गरेका छन् । विदाको दिन विराटनगर भन्सार कार्यालय  भएर सुविधामा करीब ३०० को हराहरीमा भारतीय सवारी आउने गरेका छन् ।  सुविधामा आउने गाडी नजिकको बजारसम्म मात्र जान सक्ने प्रावधान भएपनि सुविधाको दुुरुपयोग गर्ने गरिएको पाइन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)