ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्थानीयको आन्दोलन पछि १ करोडको घर जग्गा फिर्ता

Aug 31, 2019  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

भदौ १४, मोरङ । स्थानीयको निरन्तर आन्दोलन पछि मोरंगको बेलबारी २ लालभित्तिमा रहेको साहारा बालग्रामको  व्यक्तिको नाममा गएको जग्गा पुनः साहाराकै नाममा फिर्ता भएको छ । 

सामाजिक संस्थाको जग्गा व्यक्तिको नाममा गएको थाहा भएपछि स्थानीयहरुको आन्दोलनपछि उक्त जग्गा संस्थाकै नाममा फिर्ता भएको हो ।   सहाराको नाममा रहेको १ विगाहा ८ कट्ठा ३ धुर जग्गा खरीद गरेका इटहरीका व्यावसायी डम्बरबहादुर तामाङले शुक्रवार दिउँसो सहाराको नाममा जग्गा फिर्ता गरेका हुन् । 

जग्गा फिर्ता गर्ने प्रक्रियाका लागि साहाराको तर्फबाट प्रतिनिधि बनेर भिमराज बस्नेत मालपोत कार्यालय बेलबारी पुगेका थिए । साहाराका तर्फबाट रू.१ करोडको मूल्य कायम गरेर जग्गा किन्ने निर्णय पुस्तिका र प्रतिनिधि तोकिएको पत्रका आधार प्रक्रिया अघि बढाइएको थियो । 

जग्गा फिर्ता प्रक्रियाका लागि लाग्ने आवश्यक कर छुटका लागि बेलबारी नगरपालिकाले पत्रसमेत लेखिदिएको थियो । नगरपालिकाको पत्रको आधारमा रू.१ करोड मुल्यांकनको सो जग्गाको लाग्ने जम्मा करमा ५० प्रतिशत छुट गरी रू.२ लाख राजस्वसमेत बुझाइएको छ ।  

 राजस्व पनि व्यावसायी डम्बर तामाङलेनै तिरेका छन् । विसं २०७५ मंसिरमा जिल्ला अदालतको आदेशका आधारमा तामाङको नाममा गएको जग्गा नौ महीनापछि पुनः संस्थाकै नाममा आएको हो । 

साहाराको नाममा फिर्ता भएका छ ओटा टुक्राका जग्गाहरुको कित्ता नम्बर पुरानै रहने छन् । नेकपाका नेता एवं पुर्वसांसद हर्कमान तामाङ,साहाराका वर्तमान अध्यक्ष शिवप्रसाद बराल लगायतको मिलेमतोमा साहाराको जग्गा डम्बरबहादुर तामाङको नाममा गएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)