ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

इलामको कृषि उत्पादन प्रवर्द्धन गर्न माग

Sep 2, 2019  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar रोशनी भट्टराई

विराटनगर । प्रदेश–१ का उद्योगीहरूले पूर्वी पहाडी जिल्ला इलाममा उत्पादन हुने कृषियोग्य उत्पादनको बजारीकरण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन । उनीहरूले सरकारले सार्वजनिक–निजी साझेदारी विकासको मोडलमा काम गर्ने परिपाटी बसाल्नु पर्ने पनि बताएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को आयोजनामा गत शुक्रवार इलाममा सम्पन्न ‘कृषि व्यवसायको प्रवर्द्धन र सम्भावित लगानीका क्षेत्र’ विषयक अन्तरक्रियामा सहभागीहरूले प्रदेशमा कृषिको उत्पादन वृद्धि, रोजगारीका सृजना एवम् निर्यातका सम्भावनालाई सघाउ पुर्‍याउने गरी सरकारले सहजीकरणका नीति र प्रावधानहरू ल्याउनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रम प्रदेश नं. १ महासंघका अध्यक्ष नरेन्द्रकुमार खड्काले  सरकारले सार्वजनिक र निजी क्षेत्रको साझेदारीमा लगानीका अवसरहरू खोजी गर्दै लगानी वृद्धितर्फ लाग्नुपर्नेमा जोड दिए । 

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य अविनाश बोहराले खाद्यान्न उत्पादनमार्फत आयात प्रतिस्थापन र निर्यातयोग्य नगदेबालीहरूका क्षेत्रमा लगानी गरी व्यापार सन्तुलन गर्नुपर्ने धारणा व्यक्त गरे । कृषि उत्पादनको ब्रान्डिङ, बजारीकरण, बीमा तथा बजार पूर्वाधारको बजार लेखाजोखा गरी लगानी क्षेत्र पहिचान र प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ का उपाध्यक्ष राजेन्द्र राउतले निजी साझेदारी विकासको मोडलमा जोड दिँदै चिया, अलैंची, अदुवा, सुपारी, चिरैतो, फलफूल, तरकारी आदि वस्तुहरूको प्रवद्र्धन गरी निर्यात बढाउनुपर्ने बताए ।

प्रदेश–१ महासंघका तर्फबाट लगानीका अवसरहरूबारे अध्ययन गरिरहेका अर्थशास्त्री डा. अर्जुन बरालले प्रदेशमा कृषि क्षेत्रमा लगानी वृद्धिका लागि देखिएका सबल र दुर्बल पक्ष, चुनौती तथा नीतिगत व्यवस्था आदि विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । इलाम नगरपालिकाका मेयर  पशुपति बस्नेतले इलाममा डेरी, चिया र किबी उत्पादनमा लगानी गर्न सकिने उल्लेख गर्दै स्थानीय सरकारले यसका लागि सहजीकरण गर्न तयार रहेको बताए । साथै कृषिमा यन्त्रीकरण र आधुनिक प्रविधिमा लगानी बढाउनु पर्नेमा उनले जाड दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)