ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विराटनगर जोड्ने प्रादेशिक सडक शिलान्यास

Sep 10, 2019  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar रोशनी भट्टराई

मोरङ । प्रदेश–१ सरकारले तय गरेका ठूला योजनाहरू कार्यान्वयन हुने क्रम शुरू भएको छ । प्रदेशका मुख्यमन्त्री शेरधन राईले आइतवार प्रदेश सरकारको लगानीमा पहिलो प्रादेशिक सडकको शिलान्यास गरेका छन् । विराटनगर जोड्ने ४ लेनको विराटचौक–घिनाघाट २० किलोमिटर सडकको शिलान्यास गरिएको हो । 

विराटनगर–घिनाघाट जोड्ने २ लेनको सडकलाई आगामी असोजदेखि विस्तार गरी ४ लेनको बनाउन लागिएको हो । मुख्यमन्त्री राईले प्रदेशको समृद्धिको ढोका खोल्न सो सडकलाई सरकारले पहिलो प्राथमिकतामा राखेर अघि बढेको बताए । विराटनगर महानगरपालिकादेखि सुन्दरहरैंचा जोड्ने सो सडक निर्माण २ वर्षमा सक्ने गरी कुल १ अर्ब ३७ करोड रुपैयाँ लागतमा ठेक्का लागेको थियो । सडक निर्धारण क्षेत्रदेखि ३५÷३५ मिटर चौडा हुने सो सडक निर्माणको जिम्मा श्रेष्ठ रमन एपेक्स जेभीले पाएको छ । 

यो सडकले पूर्वी पहाडी जिल्लालाई विराटनगरसँग जोडिन सहज हुनेछ । प्रदेशले चालू आर्थिक वर्षमा सडक र पुल निर्माणका लागि ८ अर्ब रुपैयाँ विनियोजन गरेको छ । प्रदेशले आर्थिक वर्ष २०७६/७७ को बजेटमा गाउँदेखि शहर र शहरदेखि प्रदेश जोड्नेसहितका सडक पूर्वाधारका योजनालाई मुख्य प्राथमिकतामा राखेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)