ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विद्युत् पोलले रोक्यो सडक विस्तार

Sep 10, 2019  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

सुनसरी । निर्माणाधीन रानी किमाथांका ६ लेनको सडकको सुनसरी खण्डमा विद्युत् पोल नहटाउँदा सडक विस्तारमा अवरोध भएको छ । नेपाल विद्युत् प्राधिकरण र रानी किमाथांका सडक परियोजनाबीच समन्वय नहुँदा रानी, विराटनगर हुँदै धरानसम्मको सडकमा काम अघि बढ्न नसकेको हो । 

इटहरीदेखि तरहराबीचको सडक खण्डका बीचमा दायाँ–बायाँ दुवैतर्फ पोल ठडिएका छन् । बाटो कालोपत्र हुनुअघि नै हटाउनु पर्ने ती पोलहरू कालोपत्र भएको लामो समय भइसक्दा पनि हटाइएका छैनन् । ३३ केभी प्रसारण लाइनका पोलहरू नहटाउँदा कतै कालोपत्र भएको छ भने कतै काम हुन सकेको छैन । 

२०७० साल असारदेखि नै विराटनगरदेखि दुई उपमहानगर इटहरी र धरान जोड्ने २ लेनको ४९ किलोमिटर सडकलाई ६ लेनको बनाउन शुरू गरिएको थियो । विराटनगरको रानीदेखि सुनसरीको धरानसम्मको ६ लेनको सडकको केही खण्डमा काम रोकिए पनि इटहरी–धरान खण्डमा भने काम भइरहेको छ । 
खुल्ला सडकको बीच भागमा रहेका बिजुलीका पोल हट्न नसक्दा त्यस ठाउँमा धेरै दुर्घटना भइसकेका छन् । बीच बाटोमा पोलका कारण सवारी चलाउन कठिन हुने गरेको र ती पोलहरू तत्काल नहटाए कुनै पनि बेला अझ ठूलो दुर्घटना निम्तिन सक्ने स्थानीय बताउँछन् । सडकबीचमा रहेका बिजुलीका पोल दुर्घटनाको हिसाबले अत्यन्तै संवेदनशील भएको सफारी चालक हर्क बस्नेत बताउँछन् । 

यता सडक आयोजनाका इन्जिनीयर रमेशकुमार गोइत पोलहरू व्यवस्थापन गर्न समस्या भएको बताउँछन् । यस विषयमा माथिल्लो निकायसम्म कुरा पुर्‍याइसक्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ । उनले भने, ‘सडकभित्रका पोल मात्र निकाल्ने कुरा समस्यामा नरहे पनि हाइटेन्सनको फलामे पोल घाँडो भएको पक्का हो ।’

 तार स्थानान्तरण नगरिँदा सडक विस्तारमा समस्या भएको निर्माण ठेकेदार कम्पनी आशीष निर्माण सेवाका इन्जिनीयर सागर बरालले बताए । राम्रो मौसम हुँदा पनि ठूला पोलको कारण काम गर्न नसकेको उनले गुनासो गरे । उनले भने, ‘अहिले हामीले काम गर्नुपर्ने समयमा पोलकै कारण काम गर्न सकिएन, कालोपत्र गर्न सम्पूर्ण कार्य पूरा गरे पनि पोलहरूले काम गर्न सकेका छैनौं ।’ 

पोल हटाउन प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईलाई समेत भेटेरै जानकारी गराएपछि केही आश्वासन पाए पनि काम अघि बढ्न नसकेको उनको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)