ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यान जिल्ला अस्पताल : दरबन्दी छ, डाक्टर छैनन्

Sep 24, 2019  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन


सल्यान । सल्यान जिल्ला अस्पतालमा दरबन्दी अनुसार डाक्टर नहुँदा बिरामीहरू मर्कामा परेका छन् । अस्पतालमा उपचारका लागि आउने बिरामीको चाप बढ्दै गए पनि जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको हो । अस्पतालमा हाल दैनिक १५० देखि २०० जना बिरामी आउने गर्छन् ।

कार्यालय सहयोगी सहित ३२ जनाको दरबन्दी भएको जिल्ला अस्पतालमा अहिले १४ जना मात्र कार्यरत रहेको कार्यालय प्रमुख डा. अर्जुन बुढामगरले बताए । १५ शैøयाको जिल्ला अस्पतालले अहिले ३७ शैøयामा विस्तार गरेर सेवा प्रदान गर्दै आएको छ । विगतका दिनमा अस्पतालमा दरबन्दी अनुसारको कर्मचारी भए पनि समायोजन भएर जाँदा समस्या भएको बुढामगरले बताए । ‘अस्पतालमा दरबन्दी अनुसार नै कर्मचारी थिए, तर समायोजन भएर अहिले सबै गइसकेका छन्,’ उनले भने, ‘दरबन्दी अनुसार चार जना डाक्टर हुनुपर्ने अस्पतालमा एकजना मात्र छन् ।’

स्वास्थ्य सेवा विभागको बेवास्ताका कारण समस्या भएको बुढामगरले बताए । अस्पतालमा छात्रवृद्धि करारमा एकजना र एनएसआईबाट एक जना डाक्टरले काम गरिरहेकाले केही राहत भएको उनको भनाइ छ । जिल्ला अस्पतालमा रुकुम, रोल्पाका जनता सेवा लिन आउने गर्छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)