ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिलाई कटाई पेशामा विचौलिया : कमिसनको खेलले ग्राहकलाई मार

Sep 24, 2019  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

धरान । सिलाई कटाई पेशामा विचौलियाको विगविगी बढ्दै गए पछि सामान्य व्यवसाय गर्ने टेलर्स संचालक र ग्राहकहरु मारमा पर्न थालेका  छन् ।

कपडा पसलका कामदारले कमिसनको लोभमा सम्पर्कमा रहेका टेलर्स संचालकहरुलाई सिलाईको काम दिने गरेपछि ग्राहकले महंगो शुल्कमा कपडा सिलाउनु पर्ने बाध्यता बनेको छ भने सामान्य टेलर्स संचालकहरुले काम नै पाउन छाडेका छन् । 

शुद्ध व्यवसाय सञ्चालन गर्ने व्यावसायी  तथा ग्राहकहरुले कमिसनको जालोलाई नियन्त्रण गर्नु पर्ने माग यस अघि पनि वारम्वार उठाएता  पनि कुनै  निकायबाट हालसम्म पहल भएको छैन । 

धरानका कपडा व्यवसायका कामदार (सेल्स मेन ) ले हाम्रै टेलर छ,अरुले भन्दा सस्तोमा राम्रो बनाइ दिने भन्दै आफ्नो सम्पर्कमा रहेका  कमिसन दिने टेलर्समा ग्राहकलाई पठाउने र त्यो पठाए वापत कमिसन लिने गरेको पाइएको छ ।

कपडा बेच्नेले टेलर्स संचालकसँग एउटा कोट सिलाएको रू.५०० देखि ७०० सम्म कमिसन लिने गरेको नेपाल कपडा तथा सिलाई व्यवसायी संघका जिल्ला अध्यक्ष गोपाल रणपहेलीको भनाई छ । 

उनले भने, ‘कतिपय टेलर्सहरु त अहिले पनि दर्ता सम्म नगरी संचालन भइरहेका छन्, यसलाई नगरपालिकाले व्यवस्थित गरी एउटा नीश्चित ज्यालादर कायम गरिदिए राम्रो हुने थियो ।’

यता कपडा व्यावसायी शिव एण्ड ब्रदर्शका सञ्चालक कृष्ण श्रेष्ठ भन्छन्, ‘हामीले पसलमा देख्ने गरी लिँदैनन्, वाहिरवाट लिन्छन् भने थाहा हुँदैन, हामी कमिसन माग्दैनौं, कहिलेकाहीं टेलर मास्टरले हाम्रा स्टाफलाई चिया खाने पैसा  भन्दै दिए बेग्लै कुरा  हो तर कमिसन दिदैंनन् ।’

उपभोक्ताले जहाँ कपडा खरीद गर्यो, त्यहिंबाट टेलर्स संचालकलाई वोलाएर पसलका कामदारले सिलाउन दिने गरेकाले समस्या  भएको डिल्लीराम शिवाको भनाई छ । साना टेलर्स व्यावसायीले कपडा हेरेर रू.१०० देखि ८०० सम्म कमिसन दिनुपर्ने बाध्यता रहेको नाम नलेख्ने शर्तमा एक टेलर्स संचालकले बताए । 

कमिसनका कारणले सामान्य सिलाई कटाई गरी जिविकोपार्जन गर्नेहरु विस्थापित हुनुपर्ने अवस्था आएको छ । काम नपाउने लोभमा कमिसन दिएर काम लिनुपर्ने बाध्यता रहेको उनको भनाई छ ।

स्थानीय निकायले अनुगमन गरि सिलाई कटाईको मूल्यमा एकरुपता कायम गरिदिए सबैलाई सहज हुने उनीहरुको भनाई छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)