ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दशैं नजिकिएसँगै खसीबोकाको कारोबारमा वृद्धि, एकै दिन ८० लाखको कारोबार

Sep 28, 2019  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

असोज ११, धरान । चाडपर्व शुरु भएसँगैै धरानको कृषिउपज बजारमा खसीबोका, भेडा किन्ने उपभोक्ता र बेच्नेको भीड बढेको छ । 

दशैं नजिकिदै गएपछि हप्तै पिच्छे २५ प्रतिशतका दरले खसीबोकाको कारोबारमा वृद्धि भएको छ । नजिकिदै गएको दशैंको अवसरमा गत शुक्रवार ८०० ओटा खसीबोका अनुमानित २० केजीका दरले खरीद विक्री भएको छ । 

धरानस्थित कृषि उपज बजार स्थलका अनुसार करीब प्रतिकेजी रू.५००का दरले ८० लाखको कारोबार भएको छ । अघिल्लो शुक्रबारको तुलनामा २५ प्रतिशतले वृद्धि हुँदै गएको छ । बजार व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार अघिल्लो शुक्रवार ५००ओटा खसीबोकाको विक्री भएको थियो ।  

यस वर्ष भदौ महीना सम्ममा १३० मेट्रिक टन ६ हजार ५ ००ओटा खसीबोकाको विक्री हुँदा रू.६ करोड २० लाख को कारोबार भएको छ । अघिल्लो वर्षको भदौ सम्ममा ५ हजार ७०० ओको ११२ मेट्रिक टनको रू.५ करोड ५० लाखको कारोबार भएको थियो । 

अघिल्लो आर्थिक वर्षमा औसत ५६० टन अर्थात् ३० हजार ४००  ओटा खसीबोका विक्री हुँदा रू.२८ करोड ५० लाखको कारोबार भएको थियो । यस वर्ष ५० प्रतिशतले कारोबार वृद्धि हुने अनुमान गरिएको उनको भनाइ छ । 

पूर्वी पहाडी जिल्लाहरू भोजपुर, संखुवासभा, खोटाङ, तेह्रथुम, धनकुटा, उदयपुर, सुनसरीका पशुपालकले विक्रीका लागि धरान स्थित कृषि उपज बजार स्थलमा खसीबोका, भेडा ल्याउने गरेका छन् । 

दशैं मुख्य कारोबार हुने समय भएकाले दुई/ तीन दिन अघि देखिनै बजारमा खसीबोका ल्याउने गरिएको छ । सरकारले भारतीय खसीबोकाको आयातमा कडाई (भेटेरीनरी जाँच व्यवस्था)गरे पश्चात यस वर्षदेखि काठमाडौंमा पनि ठूलो मात्रामा खसीबोका निर्यात भइरहेको छ । 

कोशी पहाडी जिल्लाबाट खसीबोका ल्याउने किसानहरुका लागि बजारमै सःशुल्क बस्ने सुत्ने  व्यवस्था गरिएको छ। खसीबोका राख्न सुरक्षित खोरको व्यवस्था पनि गरिएको छ ।

ढूवानी मैत्रि सवारी साधनको व्यबस्था गर्न नसक्दा कृषकहरुले बजारसम्म पुर्‍याउँदा अनावश्यक कर र समस्या बेहोर्नु पर्ने बाध्यात्मक परिस्थिति भने अझै  हट्न सकेको छैन ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)