ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विराटनगरमा २१ करोडमा वधशाला बनाइँदै

Oct 15, 2019  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar रोशनी भट्टराई

विराटनगर । विराटनगर महानगरपालिकामा अत्याधुनिक वधशाला निर्माण हुने भएको छ । प्रदेश नम्बर १ सरकार र महानगरको सहकार्यमा रू. २१ करोड २५ लाख लागतमा वधशाला निर्माण गर्न लागिएको हो । आगामी डेढ वर्षभित्र वधशालाको निर्माण सकिने गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको महानगरले जानकारी दिएको छ । 

वधशालाको अभावमा फोहोर र अस्वस्थ मासु खान बाध्य विराटनगर महानगरवासीले अबको डेढ वर्षभित्र स्वस्थ र सफा मासु खान पाउने महानगरका मेयर भीम पराजुलीले बताए । उनका अनुसार वधशालाका निर्माणका लागि प्रदेश सरकार र विराटनगर महानगरपालिकाले पाँच–पाँच करोड रकम विनियोजन गरिसकेको छ । ‘टेन्डर आह्वान गरेर दशैंपछि वधशाला निर्माणको काम शुुरू गर्छौं,’ उनले भने । 

उनले प्रदेश सरकार र महानगरले आगामी आर्थिक वर्षको बजेटमा पनि रकम विनियोजन गर्ने बताए । वधशाला दिगो रूपमा सञ्चालनका लागि सार्वजनिक–निजी–उत्पादक–साझेदारी मोडल अगाडि बढाइएको छ । निर्माणमा कृषकको १ करोड ७३ लाख र मासु व्यवसायीको १ करोड ६१ लाख रुपैयाँ लगानी रहनेछ । हेफर इन्टरनेशनल नेपालले वधशाला निर्माणका लागि प्राविधिक सहयोग तथा सहजीकरण गरिरहेको छ । 

दैनिक ५ सय खसी काट्न सकिने क्षमता रहेको वधशालाको आवश्यक ठेक्का तथा निर्माण टेन्डर आह्वानका लागि महानगरपालिका प्रशासन महाशाखा प्रमुुख अर्जुुन थपलियाको संयोजकत्वमा सात सदस्यीय समितिसमेत गठन भएको छ । विराटनगर–८ मा महानगरपालिकाको १ बिघा ८ कठ्ठा जग्गामा २०६६ सालदेखि वधशाला निर्माण शुुरू भएको थियो । तत्कालीन अवस्थामा रू. १ करोड १९ लाख खर्च भएको वधशालाले पूर्णता नपाउँदा त्यहाँ बनेका भौतिक संरचना अपलपत्र अवस्थामा छन् । पूरानै भौतिक संरचना भए पनि मापदण्डअनुसार त्यसलाई व्यवस्थित गर्न सकिने भएकाले त्यही संरचनामा नयाँ वधशाला निर्माण हुुन लागेको हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)