ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश १ : सामाजिक विकास मन्त्रालयद्वारा बजेटको ८२% खर्च

Oct 16, 2019  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar रोशनी भट्टराई

विराटनगर । प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्ष २०७५/७६ मा बजेटको ८२ दशमलव ८६ प्रतिशत खर्च गरेको छ ।  विनियोजित बजेट ४ अर्ब १९ करोड ४६ लाख ४७ हजार ८९६ रुपैयाँमध्ये उक्त मन्त्रालयले ३ अर्ब ४७ करोड ५६ लाख ९५ हजार ५२७ खर्च गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रगति तथा चालू आर्थिक वर्षको कार्यक्रमबारे हालै विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले सो प्रगति हासिल गरेको जानकारी दिएको हो । मन्त्रालयले गत आर्थिक वर्षमा चारओटा ऐन र दुईओटा नियमावली पारित गरेको छ ।

मन्त्रालयका लागि ३० ओटा ऐन आवश्यक पर्नेमा चारओटा पारित भएको, सातओटालाई मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति प्राप्त भएको र पाँचओटा विधेयकको मस्यौदा तयार गरिएको युवा तथा खेलकुद महाशाखा प्रमुख दामोदर फुँयालले बताए ।

मन्त्रालयले प्रदेश नं १ का १० ओटा विद्यालयमा आईसीटी ल्याब, विज्ञान प्रयोगशाला र शौचालय स्थापना गरिएको जानकारी दिएको छ । 
यस्तै चालू आर्थिक वर्ष २०७६/७७ का लागि ४ अर्ब १६ करोड ६८ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन भएको बताएको छ ।

विनियोजित बजेटमध्ये स्वास्थ्य क्षेत्रमा ५१ र शिक्षामा ३६ प्रतिशत छुट्ट्याएको छ । कार्यक्रममा सामाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालयका हरेक कार्यक्रम प्रदेशका सबै स्थानीय तहमा पुगेको बताए । यस्तै मन्त्रालयले गरेका हरेक काम पारदर्शी भएको दाबी समेत उनले गरे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)