ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वृद्धवृद्धाले पाएनन् भत्ता

Oct 17, 2019  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar रोशनी भट्टराई


विराटनगर । विराटनगर महानगर–पालिकामा बसोबास गर्ने वृद्धवृद्धाले यस वर्षको बडादशैंमा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनुपरेको छ । सरकारले चालू आर्थिक वर्षदेखि ज्येष्ठ नागरिकहरूलाई मासिक ३ हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएकोमा महानगर र बैंकको ढिलाइका कारण गर्दा ज्येष्ठ नागरिकले भत्ता नपाएका हुन् । 

महानगरपालिकाबाट नयाँ आर्थिक वर्षको पहिलो चौमासिकमा सामाजिक सुरक्षा भत्ता पाउनेहरूको संख्या ११ हजार ९ सय ८४ रहेको छ, जसमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकको संख्या ५ हजार ३०३ छ भने एकल महिला ४ हजार ९० जना रहेका छन् । दशैंमा दैनिकजसो बैंक धाउँदा पनि ज्येष्ठ नागरिक भत्ता नपाएपछि रित्तो हात घर फर्किन बाध्य भएका थिए । 

विराटनगर महानगरपालिका सामाजिक सुरक्षा शाखाका अधिकृत लक्ष्मी धिमालले सामाजिक सुरक्षा भत्ताका लागि ११ करोड ५६ लाख ३० हजार २ सय रुपैयाँ बैंकमा पठाइएको बताएकी छिन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले बैंकका कारण ज्येष्ठ नागरिकले समयमा नै भत्ता नपाएको जानकारी दिए । उनले दशैंपछि कार्यालय खुलेलगत्तै सामाजिक सुरक्षाभत्ता पाउनेहरूको खाता–खातामा भत्ता पुगेको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)