ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विदेशबाट फर्केर सैलुन व्यवसाय 

मासिक ३० हजार आम्दानी

Oct 18, 2019  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । सानोतिनो लगानीले स्वदेशमा के पो गर्न सकिन्छ र भन्ने धेरैको धारणा हुन्छ । यही धारणा बनाएर सयौं युवा दिनहुँ रोजगारीको खोजीमा नेपाल छाडेर विदेश उड्छन् । तर लगनशील भएर काम गर्ने हो भने सानो लगानीले पनि स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् सल्यानका सैलुन व्यवसायी भीमबहादुर सुनार । 

जिल्लाको शारदा नगरपालिका–६, बरलाका सुनारले सैलुन व्यवसाय गर्न थालेको १४ वर्ष भयो । उनको कमाइ अहिले मासिक ३० हजारको हाराहारीमा छ । कामप्रतिको लगाव र मनग्य आम्दानीबाट गरेको प्रगति देखेर सबैले उनकोे प्रशंसा गर्छन् । उनले सैलुन व्यवसायको आम्दानीले परिवारको खर्च धानेका छन्, बच्चाको पढाइ खर्च जुटाएका छन् भने मासिक २० हजार रुपैयाँ बचत गर्दै आएका छन् । तर यो सबै आम्दानीको पछाडि उनको धेरै संघर्ष, निरन्तरको मेहनत र लगनशीलता लुकेको छ । 

रोजगारीको क्रममा भारतमा रहँदा उनले एक बैंकमा सुरक्षा गार्डको काम गर्थे । सोही क्रममा उनले त्यहाँ कपाल काट्ने शीप सिके । ‘सेक्युरिटी गर्दा मासिक १८ सय तलब हुन्थ्यो, तर कपाल काटेर मासिक २५ सय रुपैयाँ हुने भयो, मैले भारतमा नै कपाल काट्न थालेँ,’ उनले भने, ‘अनि अब नेपालमा नै गर्नुपर्छ भनेर रुकुम फर्किएर सैलुन खोलेँ ।’

शारदा नगरपालिका–२, खलंगाका सञ्जय कुमार सिंहले पनि कपाल काट्ने पेशाबाट नै अहिले मासिक ३० हजार आम्दानी गर्दै आएका छन् । रोजगारीको खोजीमा दुबई, कतार, मलेशिया हुँदै ओमानसम्म पुगेका उनले अहिले कपाल काटेर नै राम्रो आम्दानी गर्दै आएको बताए । ‘हातमा शीप नहुँदा समस्या हुँदो रहेछ, रोजगारी खोज्दै विभिन्न देशमा भौतारिएँ, धेरै दुःख पाए, अब नेपालमा नै केही गर्नुपर्छ भनेर सैलुन व्यवसाय शुरु गरेँ,’ उनले भने । उनले थोरै लगानीमा पनि राम्रो आम्दानी हुने गरेको बताए । 

‘२५—३० हजारको कमाइका लागि परिवार छाडेर खाडीमा जानु राम्रो होइन,’ उनले भने, ‘यदि जानु नै छ भने केही न केही शीप सिकेर मात्रै जानुपर्छ, नत्र दुःख पाइन्छ ।’ अहिले जिल्लाको सदरमुकाम खलंगा, श्रीनगर, थारमारे, कपुरकोट, सल्लीबजारमा सैलुन व्यवसाय सञ्चालन भइरहेका छन् । जिल्लामा सैलुन व्यवसाय गर्ने युवाको संख्या दुई दर्जनभन्दा बढी भएको अनुमान छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)