ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गौशालाका मजदूरले पाएनन् ज्याला

Oct 20, 2019  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मदन गिरी


महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गौशाला व्यवस्थापनमा खटिएका मजदूरले ज्याला पाएका छैनन् । नगरपालिकाको वडा नम्बर ८ मा निर्माण गरिएको गौशालाका दैनिक ज्यालादारी मजदूरले तलब नपाएको गुनासो गरेका हुन् । 

पशुचौपाया व्यवस्थापन गौशालामा ज्यालादारीमा कार्यरत नरसिंह ठगुन्नाले गत फागुनदेखि आफूहरूले ज्याला नपाएको बताए । उनका अनुसार वडा कार्यालयले चौपाया व्यवस्थापनका लागि गौशालामा नियुक्त गरेको भए पनि अहिलेसम्म तलब दिइएको छैन । ‘मासिक तलब दिने भनेर वडाध्यक्षले बैंकमा खाता खोल्न लगाए, राजस्वका कार्यालयबाट प्यान नम्बर समेत लियौं, अहिलेसम्म भुक्तानी पाएका छैनौं,’ उनले भने । 

नगरपालिकाले दैनिक रू. ४५० ज्यालादारीमा गौशाला व्यवस्थापनका लागि मजदूर नियुक्त गरेको थियो । बुधवार उनीहरूले तत्काल तलब भुक्तानीका लागि नगरप्रमुख दिलबहादुर ऐरलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । साथै गौशालाका मजदूरलाई मासिक तलब दिन समेत नगरपालिकालाई आग्रह गरेका छन् ।  

शुक्लाफाँटा नगरपालिकाले छाडा चौयापा व्यवस्थापन तथा संरक्षणका लागि गौशाला निर्माणसँगै कर्मचारी नियुक्त गरी १ वर्षदेखि काम गरिरहेको छ । शुक्लाफाँटा–८ का वडाध्यक्ष बहादुरसिंह महराले नगरपालिकासँग २० बुँदे सम्झौता गरेर वडा कार्यायलले छौडा चौपाया व्यवसथापनको जिम्मा लिएको बताए । तर, नगरपालिकाले सम्झौता बमोजिम काम नगरेको उनले भनाइ छ ।

गौशाला व्यवस्थापनमा खटिएको कर्मचारीको पारिश्रमिकका लागि नगरपालिकासँग बारम्बार ताकेता गर्दा समेत मतलब नगरेका महराको दाबी छ । शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख ऐरले एक हप्ताभित्रमा नै गौशालाका मजदूरलाई ज्याला दिइने बताए । उनले प्राविधिक तथा कानूनी जटिलताका कारणले मजदूरको ज्याला भुक्तानीमा ढिलाइ भएको जानकारी दिए ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)