ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानका कृषक जडीबुटी खेतीतर्फ आकर्षित 

वार्षिक रू. २० करोडको जडीबुटी निकासी

Oct 21, 2019  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar बुद्धिमान पुन


सल्यान । सल्यानका कृषक जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत रूपमा अन्नबाली लगाउँदै आएका कृषक जडीबुटीबाट मनग्य आम्दानी हुने भएपछि यसतर्फ लागेका हुन् । टिमुर, रिठ्ठा, तेजपात लगायतका जडीबुटीका लागि यहाँको हावापानी अनुकूल भएकाले कृषकले यसको खेती गर्न थालेका छन् । 

प्राकृतिक रूपमा सामुदायिक वनमा पाइने टिमुर कृषकले खेतबारीको डिलमा विस्तार गरी आयआर्जन गर्दै आएका छन् । जिल्लाको बन्गाडकुपिन्डे नगरपालिका–९, शेराका कृषक पूर्णबहादुर बुढाले व्यावसायिक टिमुर खेती गर्दै आएका छन् । उनले टिमुर खेतीबाट वार्षिक १० लाख रुपैयाँ आम्दानी गर्दै आएको बताए । 

डिभिजन वन कार्यालय सल्यानले जिल्लामा जडीबुटी उत्पादनका लागि राम्रो सम्भावना भएको बताएको छ । गत आर्थिक वर्ष २०७५÷७६ मा करीब २० करोड रुपैयाँ बराबरको जडीबुटी जिल्ला बाहिर निकासी भएको कार्यालयको तथ्यांक छ । गत आवमा जडीबुटी निकासीबाट १६ लाख रुपैयाँ राजस्व संकलन भएको डिभिजनल वन अधिकृत थीरबहादुर कार्कीले बताए । उनले भने, ‘जडीबुटी खेतीतर्फ कृषकको आकर्षण बढेको छ । जिल्लामा सबैभन्दा धेरै टिमुर उत्पादन हुन्छ ।’

कार्यालयका अनुसार गत आवमा टिमुर ९४ हजार ९ सय ५० केजी, रिठ्ठा २ लाख ५० हजार केजी, घोडातापे्र २ हजार केजी, तेजपाज २१ हजार २ सय केजी, चोथ्राको बोक्रा २ हजार ७ सय केजी र दालचिनीको बोक्रा ६ सय केजी जिल्लाबाट निकासी भएको छ । यस्तै, निजी वनबाट २ लाख ३५ हजार ५ सय केजी टिमुर र २ लाख ११ हजार ६ सय केजी रिठ्ठा निकासी भएको छ । जिल्लामा ६३ प्रजातिका जडीबुटी पाइने भए पनि २२ प्रजातिका जडीबुटी मात्रै संकलन हुने गरेको कार्यालयको तथ्यांक छ । 

यहाँ उत्पादन हुने टिमुरलाई प्रशोधन गरी तेल निकाल्न जिल्लाको श्रीनगरमा करीब रू. १ करोडको लागतमा उद्योग सञ्चालनमा आएको छ । यस्तै कुपिण्डे दहमा टिमुर प्रशोधन तथा प्याकेजिङ उद्योग सञ्चालनमा छ भने रैकरमा संकलन केन्द्र स्थापना भएको छ । तर, अन्य जडीबुटीको प्रशोधन तथा संकलन केन्द्र नहुँदा जिल्लामा उत्पादन हुने करोडौं मूल्यका जडीबुटीहरू सस्तो मूल्यमा जिल्ला बाहिर निर्यात हुँदै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)