ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अवैध उत्खनन गर्ने सवारीसाधनलाई न्यून जरीवाना

Oct 24, 2019  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई


विराटनगर । अवैध रूपमा नदी किनारमा माटो उत्खनन गर्ने क्रममा मोरङ र सुनसरीबाट नियन्त्रणमा लिइएका सवारीसाधनलाई न्यून जरीवाना तिराएर छोडिएको छ । कारबाहीका लागि दुवै जिल्लाका सम्बन्धित निकायलाई बुझाए पनि ती निकायले केही सवारीलाई न्यून जरीवाना र केहीलाई जरीवाना नै नतिराई छोडेका हुन् ।

मोरङ प्रहरीले सोमवार विराटनगर महानगरपालिका–४ र सुनसरीको दुहबी–१२ को सिमाना भएर बग्ने केशलिया खोला किनारबाट अवैध रूपमा उत्खनन गर्ने १ दर्जन सवारीसाधनलाई नियन्त्रणमा लिएको थियो । सो क्रममा विराटनगर तर्फबाट ४ ओटा ट्र्याक्टर र दुहबी तर्फबाट भरौट खन्न प्रयोग गरिएको एउटा एस्क्याभेटर तथा ७ ओटा टिपर नियन्त्रणमा लिइएको थियो । 

कारबाहीको जिम्मा पाएको विराटनगर–४ वडा कार्यालयले प्रतिट्र्याक्टर रू. २ हजार जरीवाना लिएर ४ ओटा ट्र्याक्टरलाई छोडिदिएको छ । जिल्ला समन्वय समिति मोरङले सोही ठाउँबाट भदौ ९ गते नियन्त्रणमा लिइएका प्रतिट्रयाक्टरलाई रू. १५ हजारका दरले जरीवाना गरेको थियो । 

घटनास्थलभन्दा पनि कञ्चनबारी चोकबाट ट्र्याक्टर नियन्त्रणमा लिइएकाले कम जरीवाना गरिएको वडाध्यक्ष देवेन्द्रराज पोखरेलले बताए । पोखरेलले यस्तो दाबी गरे पनि माटो बोकेर डिलतर्फ आउँदै गरेका ट्र्याक्टर चालकहरू अनुगमन टोलीलाई देखेपछि भागेका थिए । 

यस्तै, दुहबी नगरपालिकाले पनि झूठो विवरणको आधारमा ३ टिपर र एउटा एस्क्याभेटरलाई विना जरीवाना छोडेको छ । बाँकी ३ टिपरलाई भने रू. ५÷५ हजारको दरले जरीवाना गरिएको नगरपालिकाले जानकारी दिएको छ । 

उत्खननमा एस्क्याभेटर नै प्रयोग नभएको नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारको दाबी छ । उनले सडक निर्माणमा एस्क्याभेटर खटिएको बताए । तर अनुगमन टोलीले एस्क्याभेटरले टिपरमा माटो भरिरहेको फेला पारेको थियो । 

प्रहरी र पत्रकार सहितको टोली घटनास्थलमा पुग्दा सुनसरीतर्फ एस्क्याभेटर प्रयोग गरेर नियमविपरीत उत्खनन हुँदै थियो । खोलाको मूल बहाव तथा नजीकै रहेको पुलभन्दा ३१० मिटर उत्तरतर्फ अवैधरूपमा भरौट उत्खनन कार्य जारी थियो । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी तथा मोरङका डीएसपी घनश्याम श्रेष्ठले टोलीको नेतृत्व गरेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)