ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विराटनगरमा एकीकृत भन्सार जाँच चौकी निर्माण सम्पन्न, हस्तान्तरणको पर्खाइ

Oct 30, 2019  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

कार्तिक १३, विराटनगर । प्रदेश १ को राजधानी विराटनगरस्थित नेपाल भारत सीमा क्षेत्रमा निमार्णाधीन  एकीकृत भन्सार जाँच चौकी(आईसीपी) को निर्माण कार्य सम्पन्न भएको छ । भारततर्फको संरचना तयार भई सञ्चालनमा आइसकेको लामो समयपछि नेपालतर्फको संरचना  निमार्ण सम्पन्न भएको हो । 

भन्सार चौकीमा कार्गो भवन, यात्रु टर्मिनल भवन, मुद्रा सटही सुविधा, इन्टरनेट, वेयरहाउस, कोल्ड स्टोरेज, क्वारेन्टाइन, क्लियरिङ एजेन्ट, सीसीटीभी, पार्किङ, रेस्टुरेन्ट, बैंक र अन्य सार्वजनिक सुविधाको व्यवस्था रहेको छ ।

इलेक्ट्रिक सब–स्टेशन, वे ब्रिजलगायत सुविधा उपलब्ध छन् ।  नेपाल–भारतबीच सन् २००९ मा सीमा नाकामा दुरुस्तै प्रकृतिको भौतिक पूर्वाधारसहितको भन्सार चौकी निर्माण गर्ने सहमति भएको थियो । 

सोहीअनुरुप विराटनगरमा नेपालतर्फको जाँच चौकी संरचनाका लागि भारतीय पक्षले रू.१ अर्ब ३१ करोडको लागत लाग्ने अनुमान गरेको थियो । विराटनगर महानगरपालिका–१८ बुधनगरमा अवस्थित आईसीपीको काम लगभग पूरा भएको छ । गत फागुन १६ गते नै निर्माण सम्पन्न भइसक्नुपर्ने थियो ।

तर काम पूरा नभएपछि भन्सार जाँच चौकी निर्माणको म्याद दुई पटक थपियो । निर्माणको काम अन्तिम चरणमा पुगेको निर्माण पक्षले बताएको छ । संयुक्त रूपमा नेपाल÷भारत दुर्वतर्फ बन्ने सो भन्सार नेपालतर्फ ८५० मिटर लम्बाइ र ५०० मिटर चौडाइको हुनेछ ।

आईसीपी निर्माण गर्न १२९ बिघा र लिंक रोडका लागि ४० बिघा छुट्याइएको छ । यसमध्ये ४० विघामा ४३२० मिटर लामो चार लेनको कालोपत्र सडक निर्माणको काम शुरु भएको छ ।

लिंकरोडलाई व्यापारिक मार्ग रानीदेखि धरानसम्मको ४९ किलोमिटरको उत्तर÷दक्षिणी राजमार्गसँग जोडिनेछ ।शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय मोरङले गत २९ मंसिरमै नेपालतर्फ निर्माण हुने आईसीपीका लागि आवश्यक जग्गा भारतीय पक्षलाई हस्तान्तरण गरेको थियो । 

आईसीपी निर्माणका लागि भारत सरकारबाट ठेक्का पाएको दिनेशचन्द्र एन्ड आर अग्रवाल इन्फा डटकम अहमदावादले आईसीपीको निर्माणको काम गरिरहेको छ ।  दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकल प्रालिका परियोजना प्रबन्धक अवधेशकुमार साहले काममा अब विलम्ब नहुने बरु निर्माण लगत्तै हस्तान्तरण हुने चरणमा पुगेको बताए ।

निर्माण कम्पनीले निर्माण लगत्तै भारत सरकारलाई बुझाएपछि भारत सरकारले नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी छ ।  भन्सार जाँच चौकी निर्माण सम्पन्न भएकाले अब करीब दुई महीनामा सञ्चालनमा आउने विराटनगर भन्सार कार्यालयका प्रमुख मिमांश अधिकारीले बताएका छन् । 

भन्सार जाँचचौकी सञ्चालनमा आएपछि भारत र तेस्रो मुलुकको आयात निर्यात सहज, सरल र व्यवस्थित हुने अधिकारीले बताए । एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि वस्तुको लागत मूल्य कम हुने भएकाले उपभोक्तासमेत लाभान्वित हुनेछन् ।

निर्माण सम्पन्न भइसकेकाले भन्सार जाँच चौकी हस्तान्तरण र भन्सार कार्यालय व्यवस्थापन गरी सञ्चालनमा ल्याउन नेपाल सरकारले तत्काल पहलकदमी शुरू गर्नुपर्ने यसक्षेत्रका उद्योगी व्यावसायीको माग छ । 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)